Sarawal sit lahar Notis

लक डाउनको मौका छोपेर वन फडानी ।

0 34
कृष्ण ढकाल
बर्दघाट,चैत्र–२२
लक डाउनको मौका छोपेर नवलपरासीको सुस्ता र प्रतापपुर गाउंपालिका क्षेत्रको  वन फडानी भएको छ । स्थानिय उपभोक्ताहरुले लक डाउनका वेला छिवनी क्षेत्रमा रहेको वनमा प्रवेशगरी जथाभावि रुपमा वन फडानी गरेको स्थानियवासीहरुले गाउंले दर्पण अनलाईनलाई जानकारी गराएका छन ।  स्थानियवासीहरुले वित २/३ दिन देखि वनफडानी भैरहेको गुनासो गरीरहदा प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालयका प्रमुख मनोज न्यौपानेले भने आफ्ना कर्मचारीहरु वनक्षेत्रमा रेख देखगर्न दैनिक जानेगरेको बताउनु भएको छ । प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालय अन्र्तगत अहिले ६ बढी प्रस्तावित सामुदायिक वनहरु रहेका छन । तर यसरी वन फडानीहुदां समेत अहिले सम्म कुनै प्रस्तावित सामुदायिक वनको ध्यान परगेको छैन । न्यौपानेका अनुसार लक डाउनका वेला केहि स्थानियवासीहरु दाउरा लिन गएको र तिनीहरुलाई आईन्दा वन फडानी गरेर दाउरा लिन नजाने सर्तमा छोड्ने गरेको बताउनु भयो । उहांले कुनै ठुला रुखहरु नकाटीएको र लाथ्र्रा वोटहरुमात्र काटेको स्विकार गर्दै सके सम्म वन प्रवेशमा रोक्ने प्रयास गरेको बताउनु भयो । गरीव तथा अतिविपन्न परिवारका मानिसहरु दाउरा लिन जानेगरेका कारण पुरा कडाई गर्न पनि नसकिएको बताउदै दैनिक ५/७ जना आफ्ना वन हेरालु कर्मचारीहरु वनफडानी हुने क्षेत्रमा पठाएको प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालयका प्रमुख मनोज न्यौपानेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.