कृष्ण ढकाल /गौरीशंकर जयसवाल
बर्दघाट,चैत्र–२३
राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासी र अनेरास्ववियु नवलपरासीले स्थानीय निकाय संगको रोहवरमा रहेर सुनवल वडा नं. १ र ४ का अति विपन्न परिवारलाई खाद्यान्न सामाग्रि वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि लकडाउन गरीरहेका वेला सांझविहान खान नपाउने अति विपन्न ५० घरधुरी लाई राहत सामाग्रि बांडिएको अनेरास्ववियु नवलपरासीका कार्यालय सदस्य निरज पौडेलले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । सुनवलका १७ घरधुरी मा रहेका अतिविपन्न घरपरिवारलाई उक्त राहत वितरण गरीएको राष्ट्रिय युवा संघ सुनवल नगर सह–संयोजक विनोद पाण्डेले जानकारी दिनु भएको छ । राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य राजु ढकाल, प्रशुराम बुढा मगर, सुनवल नगर सह–संयोजक विनोद पाण्डे, अनेरास्ववियू जिल्ला सदस्य निरज पौडेल, सुमन भण्डारी लगायतको सक्रियतामा सो राहत सामाग्री वितरण गरियको थियो । जिल्ला कमिटीले जारि गरेको सर्कुलर अनुसार जहा संकट त्यहां युवा संघ भन्ने अभियानका साथ जो जहाँ छौ त्यहिबाट सहयोग गर्नको लागि मातहतका कमिटी लाई निर्देशन दिएबमोजिम सम्बन्धित भुगोलका सदस्यहरूले राहत सामाग्रि वितरण गरेको राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेले बताउनु भएको छ ।
अति गरिबबिपन्न बर्गहरुका गाउँटोलमा पुगेर खाद्यन्न समाग्री बितरण
