सुस्ता,चैत २१
नवलपरासीको सुस्ता गाउपालिकाले १ हजार २ सय ४० घरधुरीका अति बिपन्न र ज्यालादारी गरिखानेहरुका लागि राहात बितरण गरेको छ । गाउपालिकाले ५ वटै वडा भित्र रहेका १ हजार २ सय ४० घरधुरीमा राहात प्याकेज उपलब्ध गराएको सुस्ता गाऊपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनु भएको छ । लक डाउनको समयमा ज्यालादारी गर्न नपाएर खानवाट बन्चित भएकाहरुको नामावली संकलन गरि गाउपालिका मार्फत चामल,दाल,नुन,तेल लगायतको खाध सामाग्री बितरण गरिएको थियो। प्रत्येक वडाका अति बिपन्नहरुलाई पहिलो चरणको राहात स्वरुप बितरण गरिएका हो ।
