Sarawal sit lahar Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाद्धारा खानेपानी महशुलमा २० प्रतिशत छुट ।

0 22
प्रमोद अर्याल
बर्दघाट, १७–चैत्र
  बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले खानेपानी महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसका कारण उपभोक्ताहरुलाई परेको कठिनाइ र निरन्तर सरसफाईका लागि ढुक्क सँग पानी प्रयोगको वातावरण बनाउन सँस्थाले आगामी महिना (बैशाख) को पानी महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको सँस्थाका अध्यक्ष धातानन्द बश्यालले बताउनु भयो ।
यस्तै कोरोना भाइरसबाट सँक्रमणबाट जोखिम न्युनिकरणको लागि बजार क्षेत्र, भिडभाड हुन सक्ने सम्भावित स्थान, जनघनत्व बढि भएको क्षेत्र, अस्पताल क्षेत्रमा क्लोरिन औषधी छिटनको लागि बर्दघाट नगरपालिका सँग सहकार्य गरेर अघि बढने निर्णय समेत भएको अध्यक्ष बश्यालले बताउनु भयो । कोरोना भाइरसबाट जोगिन सम्पूर्ण उपभोक्ताहरुलाई क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.