Jilla Ban Notis

बर्दघाट नगर कार्यपालिकाको बैठक खुल्ला चौरमा,विहान ९बजेदेखि अपरान्ह ४बजे सम्ममात्र किनमेल गर्न पाईने ।

विपन्न समुदायको तथ्याक संकलन शुरु गर्ने निर्णय

0 24

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१६
महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमण रोकथामका लागि बर्दघाट नगर कार्यपालिकाको आज बसेको बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षतामा नगरपालिकाको  खुल्ला मैदानमा बसेको उक्त बैठकले नगरवासीहरुको दैनिक जिवन यापनका समस्या देखि भवित्व्य दैविक प्रकोप तथा समस्याहरुका वारेमा घनिभुत छलफल गरेको छ । नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य ,प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख सहितको छलफलले लक डाउनलाई थप मज्बुत गर्न प्रहरी प्रसाशन संग सहकार्य गर्ने निर्णय गरेको छ  भने अतिआवश्यक वस्तु किनमेलका लागि विहान ९ बजेदेखि अपरान्ह ४ बजे सम्ममात्र  बिक्री बितरण गर्ने सहज वातावरण तयार गर्ने निर्णय गरेको छ । त्यसैगरी स्थानिय औषधी पसलहरु बन्द गरेको गुनासो आएकाले  औषधी ब्यवसायीहरुसंग पसल बन्द नगर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै विपन्न समुदायको जिवन यापनलाई लक्षित गरी उनीहरुको तथ्याक संकलन गर्ने र राहतको प्याकेज तयार गरी वितरण गर्ने देखि प्रकोप ब्यवस्थापन कोष शुरु गर्ने  निर्णय गरेको  छ । उक्त कोषमा आर्थिक सहयोग गर्न चाहने संघ संस्था तथा ब्यापारी एवं समाव सेवीहरुका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ । सो अवसरमा बोल्दै नगर प्रमुख वस्यालले विपतको यस घडीमा सबैले आ–आफ्नो स्थानवाट सक्दो सहयोग गर्न र उत्तरदार्यि वं जवाफदेखि भएर कार्य गर्नका लागि सबै वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई निर्देशन  समेत दिनु भएको थियो ।

त्यसैगरी
कोरोना भाईरसको संभावित प्रकोप विरुद्धको पूर्व तयारी र लक डाउनले पारेको समस्याका विषयमा छलफल गर्न बर्दघाट नगरमा सक्रिय रानितिक दलका प्रतिनिधि ,ब्यापारीहरुको संगठन उद्योग वाणिज्य संघ, बजार विकास समिति र स्थानिय सरोकारवालाहरुको सर्बपक्षिय बैठक आज सम्पन्न् भएको छ । नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षतामा नगरपालिकाको कार्यालय परिसरमा वसेको उक्त सर्व पक्षिय बैठकले गम्भिरता पूवर्क छलफल गरी विभिन्न निर्णय गरेको नगर प्रमुख वस्यालले बताउनु भएको छ । सो वैठकले अति विपन्न वर्गका नगरवासीलाई खाद्यान्नको व्यवस्थापन गर्ने, भिड–भाड हुने क्षेत्रमा क्लोरिनयुक्त औषधी छर्ने, खाद्यान्न ढुवानीलाई सहज गराउने, विदेशबाट आएका र अति विपन्नको लगत सँकलन गरी योजना अघि बढाउने निर्णय समेत गरिएको प्रमुख वस्यालले  बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.