Bardaghat notish

सचेत र सजक रहन नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी,नवलपरासीको आग्रह ।

144

बर्दघाट,चैत्र–१३
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी,नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)ले एक विज्ञप्ती जारी गरी  विश्व नै कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव न्यूनीकरणमा लागिरहेको अवस्थामा अनावश्यक रूपमा घुमफिर नगर्ने, धेरै जना भेला नहुने र सरकारले अपनाएका उपायको पालना गर्न सबैमा आग्रह गरेको छ । जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद र जिल्ला सचिव तुलसी पासीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरीएको छ । त्यसैगरी विज्ञप्ती मार्फत कोरोना भाईरसको जोखिमबाट बच्न सरसफाइमा उचित ध्यान दिन, साबुनपानीले पटकपटक हात धुन र सेनिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाह पालना गर्न सवै पार्टी पंक्ति, जिल्लावासी एवं सवै नेपालीमा अनुरोध गरीएको छ । त्यसैगरी कोरोनाको संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफर र आफ्नो परिवारलाई बचाउन तथा समुदायलाई संक्रमणबाट जोगाउन १४ दिन क्वारेन्टाइनमा बसी सहयोग गर्न पनि नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी,नवलपरासीले आग्रह गरेको छ ।   यतिबेला धैर्यवान् र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन सवैलाई अनुरोध गर्दै  सबै नेपालीले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने हामी सम्बन्धीत सवैमा आह्वान गर्दछौँ  विज्ञप्तीमा उल्ल्ेख गरीएको छ । नागरिकको सुरक्षाको लागि नै सरकारले लडडाउन गरेकोले यो अवधिमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेहरुलाई खाद्यन्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन सक्दछ  यस्तो अवस्था सिर्जना भएमा पार्टीका नगर, गाउँ तथा टोल तहसम्मका कमिटीले उनीहरुलाई विशेष सहयोग गर्ने प्रबन्ध मिलाउनुहुन समेत अनुरोध गरिन्छ  वित्रप्तीमा भनिएको छ ।