Sarawal sit lahar Notis

एसियन लाईफ इन्स्योरेन्स कम्पनिको ३६ औं शाखा बर्दघाटमा स्थापना ।

0 32

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
एसियन लाईफ इन्स्योरेन्स कम्पनिले आफ्नो ३६ औं शाखा नवलपरासीको बर्दघाटमा स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजनागरी बर्दघाट शाखाको समुद्घाघटन गरेको हो । शाखा समुद्घाटन तथा नोभेल कोरोना भाईरस सम्बन्धि जनचेतना मुलक सन्देश कार्यक्रमको नाम दिएर आयोजना गरीएको कार्यक्रम शाखा प्रमुख शिव चालिसेको अध्यक्षता र बर्दघाट नगरपालिका नगरप्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेल,नगरप्रबत्ता तथा वडा नं. ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, वडा नं. ६ का वडाध्यक्ष रोहीत थारु, एसियन लाईफ इन्स्योरेन्स कंम्पनि नारायणगढ शाखा प्रमुख अविशेष चापागाई,स्थानिय समाज सेवी रुद्र प्रकास उपाध्याय, बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष शिव कोईराला लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चिसापानी अस्पतालकी डा.विवेचना सिग्देलले कोरोना भाईसरकाबारेमा जानकारी गराउनु भएको थियो भने नगरप्रमुख धिरज शर्मा बस्यालले सेवाग्राहीलाई सेवा प्रदान गर्ने सोचका साथ राम्रोसंग संचालन गर्न आग्रह गर्नु भएको थियो । त्यसैगरी बर्दघाट नगरपालिकाले सहिद स्मृति सामुदायिक अस्पतालमा ४ वटा आईसोलेसन वार्ड निमार्णगरी सञ्चालनमा ल्याईने जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.