kalika

बर्दघाट नगरपालिका वडा नं. २ द्धारा चिसापानी अस्पताललाई दुई थान वाटर डिस्पेन्चर प्रदान ।

63

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
बर्दघाट नगरपालिका वडा नं. २ ले आफ्नो वडामा रहेर संचालन भएको चिसापानी अस्पताललाई दुई थान वाटर डिस्पेन्चर ( पानीलाई चिसो तातो गर्ने मेसिन ) प्रदान गरेको छ । अस्पतालमा आउने विरामी र विरामीका कुरुवा तथा अस्पतालका कर्मचारीहरुलाई लक्षीत गरी उक्त वाटर डिस्पेन्चर प्रदान गरीएको वडाध्यक्ष दया दलार्मीले बताउनु भएको छ । शुक्रवार चिसापानी अस्पतालका निमित्य मेडिकल सुपरिडेन्डेन्ट डा. विजय खनालको अध्यक्षता र वडाध्यक्ष दया दलार्मीको प्रमुख आतिथ्यतामा भएको वाटर डिस्पेन्चर प्रदान कार्यक्रममा वडा नं. २ का सम्पूर्ण जन प्रतिनिधिहरु लगाएत अस्पतालका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै वडाध्यक्ष दलार्मीले अस्पतालमा आउने विरामीहरुले सहज रुपमा शुद्ध तथा आवश्यकता अनुसार तातो तथा चिसो पानी उपलब्ध गराउने उद्धेश्यले वडाका सम्पूर्ण जनप्रतिनिधिहरुको सल्लाह अनुसार वाटर डिस्पेन्चर प्रदान गरीएको बताउनु भयो । त्यसैगरी उहांले अन्य संघ संस्था तथा कार्यालयहरुले पनि अस्पतालमा आफुसक्दो सहयोग गर्नु पर्ने धारण ब्यक्त गर्नु भएको थियो ।