Jilla Ban Notis

नेकपा सुस्ता गाउंकमीटीको पूर्ण बैठक सम्पन्न् ।

0 27

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुस्ता गाउंकमीटीको पूर्ण बैठक आईतवार सम्पन्न् भएको छ । नेकपा सुस्ता गाउंकमीटीका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)को अध्यक्षता र नेकपाका जिल्ला अध्यक्ष भविस्वर तिवारी (आजात)को प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा नेकपाका नेता वृहस्पति अधिकारी,शिवलाल कंडेल,टेक नारायण ढकाल,केयरसिंह कुवंर, राम प्रसाद पाण्डे ,अमित खड्का लगाएतका नेताहरुले आ–आफ्नो भनाई राख्नु भएको थियो । बैठकमा अहिले विश्वमा फैलिएको नोवेल कोरोना भाईरसका वारेमा जनस्तरमा सबैलाई सचेतना फैलाउनका लागि पनि पार्टीका सम्पूर्ण नेता कार्यकर्ता लाग्नु पर्नेमा जोडदिईएको नेकपा सुस्ता गाउंकमीटीका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)ले गाऊले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । आजको बैठकले जिल्ला पार्टीले जारीगरेको सर्कुलर अनुसार पार्टी एकता शुद्धिकरण तथा जनसम्वन्ध विस्तार अभियानसंगै अहिले विश्वमा फैलिएको नोवेल कोरोना भाईरसका वारेमा जनचेतनाका कार्यक्रमहरुलाई गाऊपालिकाका ५ वटै वडाका टोल टोलमा जाने निर्णय गरेको नेकपा सुस्ता गाउंकमीटीका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)ले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.