Sarawal sit lahar Notis

वन फडानी भएको भन्दै क्रान्तिकारी माओवादीले गर्यो बिरोध ।

0 26

बर्दघाट, फागुन २९
नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) बर्दघाट नगर संगठन समितिले बर्दघाट ४ स्थित पारिजात वन उपभोक्ता समुहको कार्यक्षेत्र भित्र रुख काटिएको भन्दै विज्ञप्ती मार्फत बिरोध गरेको छ । सो पार्टीका नगर सेक्रेटरी क्रान्तिको हस्ताक्षरीत गरी विहीवार जारीगरीएको विज्ञप्तीमा रिफ्रेस सेन्टर तथा स्मार्ट शौचालय बनाउने बहानामा १ सय १९ वटा रुख काटिएको भन्दै बिरोध जनाएको छ ।  क्रान्तिकारी माओवादीले प्रदेश सरकारको निर्देशन तथा स्थानीय तहको संग्लनतामा ती रुखहरु काटिदाँ समेत सरोकारवालाहरु मुकदर्शक बनेको आरोप लगाएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटकै सामुन्ने, सब वन डिभिजन कार्यालय बर्दघाट सरावलको सय मिटर दुरीमा रुख फडानी हुुनु र त्यसमा सरोकारवाला मुकदर्शक बन्नु अति निन्दनीय बिषय रहेको प्रेस बिज्ञप्तिमा उल्ल्ेख गर्दै घटनाको निन्दा एंव भत्र्सना गरेको छ । त्यसैगरी क्रान्तिकारी माओवादीले वनफडानीमा संलग्नहरु उपर छानविन गरी कानुनी कारवाही नगरे संर्घषमा उत्रने चेतावनी समेत विज्ञप्तीमार्फत दिएको छ ।

Leave A Reply

Your email address will not be published.