Holi asnjal makar GURU

सुस्ता गाउँपालिकाको छैठौं गाउँ सभा सम्पन्न,सुस्तालाई देशकै नमुना बनाउने अध्यक्ष पाण्डेको भनाई ।

82

श्याम थापा
सुस्ता ,फाल्गुन–२५
नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आफ्नो छैठौं गाउँ सभा सम्पन्न गरेको छ । गाउँ सभाका अध्यक्ष एवं सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयको सभाध्यक्षतामा भएको छैठौं गाउँ सभामा सुस्ता गाउँपालिकी उपाध्यक्ष ईन्द्र कुमार थरुनीले आर्थिक बर्ष ०७६ ÷०७७ को बार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रगति प्रतिबेदन प्रस्तुत गगर्नु भएको थियो । उपाध्यक्ष थरुनीले प्रतिवेदन प्रस्तुत गर्दै संघीय सरकार र सुस्ता गाउँपालिकाको लागतमा मधेश समृद्धि कार्यक्रम अन्र्तगत सुस्तामा मिनिग्रीड सिलान्यास भइ निर्माण कार्य सुरु भएको, सुस्ताको वडा नं. १ र २ मा अतिविपन्न वर्गका परिवारलाई सुरक्षित आवास भवन निर्माण भइरहेको, सुस्ता ५ को सुस्तामा १ सय ५० वटा जनता आवास निर्माण हुदै गरेको, अध्यक्ष नमुना सडक निर्माण प्रकृया अगाडि बढेको, ५० वटा सडक कालोपत्रे निर्माण अवस्थामा रहेकोजानकारी गराउनु भएको थियो भने फाल्गुन महिना सम्ममा ४८ लाख ३२ हजार ७ सय २७ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको समेत जानकारी गराउनु भएको थियो । उपाध्यक्ष थरुनीले सुखी सुस्ता बासी र समृद्ध सुस्ताको अधारलाई आत्मासात अघि बढेको समेत बताउनु भएको थियो ।   संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सम्मानीकरण अनुदान राजस्व बाँडफाँड प्राप्त र आन्तरिक राजस्व समेत गरी माग मसान्तसम्म कुल ११ करोड ६१ लाख ८० हजार आम्दानी भएको जानकारी गारउनु भएको थियो । त्यस्तै उपाध्यक्ष थरुनीले हाल सम्म २५ वटा योजना फरफारक भएको, ९ वटा साना व्यवसाय दर्ता भएको, ३८ वटा पशु फर्म दर्ता, सुस्ताको सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड वितरण, न्यानो झोला तथा सुत्केरी पोषण भत्ता रुवरुप २ हजारका दरले रकम वितरण कार्यक्रम, साना कृषि औजारहरु वितरण कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले गरेको जानकारी गराउनु भएको थियो । गाउँ सभाबाट गाउँ जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बिधेयक २०७६ को पारित पनि भएको छ । सभाको समापनलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष एवं सभाका सभाध्यक्ष रामप्रसाद पाण्डेयले आफनो कार्यकालमा सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने र साझा विचार लिएर अगाडि बढाउने र आफुहरु जनतामुखीनै हुने बताउनु भएको थियो । त्यसैगरी अध्यक्ष पाण्डेयले सुस्तामा विकासको लहर चलेको, प्रदेश नं. ५ मा १०९ वटा स्थानीय तह मध्ये सुस्ता गाउँपालिकालाई थप पहिचानको रुपमा अगाडि बढाउने, सबै किसानहरुको खेतमा सिचाई पुरयाउने, अगामी २ बर्षमा १५ शैया अस्पताल तयार गर्ने, नेपालको सबै भन्दा लामो झुलेङ्गे पुलका निर्माण कार्यलाई तिब्रता साथको रुपमा अघि बढाएको, सुस्तामा फोन लागेन भन्ने स्थितीको अन्त्य हुने गरी लागि परेको बताउनु भएको थियो  ।
सुस्तालाई नमुना बनाउन सुस्ताका सम्पुर्ण जनप्रतिनिधी आ आफनै ठाउँबाट लाग्न सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले आग्रह पनि गर्नु भयो । सो सभामा वडा न.२ का वडा सदस्य कृष्ण पन्त,सुस्ता १ का वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता २ का वडा अध्यक्ष एवं प्रवक्ता कृष्णलाल मुखिया,सुस्ता ३ का वडा अध्यक्ष राजकुमार महतो,सुस्ता ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग, सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए भने कार्यक्रमको सञ्चालन सुस्ता गाउँपालिका प्रशासन तथा योजना शाखाका प्रमुख बिष्णु प्रसाद ढकालले गर्नु भएको थियो ।