Sarawal sit lahar Notis

सामुदायिक मेलमिलापकर्ता पुनरताजगि तालिम सम्पन्न

0 231
उमेश बि.क .
,फाल्गुन २१
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ पाल्हिमा सामुदायिक मेलमिलापकर्ता पुनरताजगि तालिम सम्पन्न भएको छ। मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन पाल्हिनन्दन गाउँपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो। न्यायिक समिति संयोजक एवम् पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा कोहारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ूदिपकू को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाल्दै गाउँपालिका अध्यक्ष गुप्ताले  बोलिको बिकास गर्न मेलमिलापकर्ताको लागि महत्त्वपूर्ण हुन्छ।सकारात्मक सोच हुन जरुरी छ किनभने सोभ सकारात्मक हुदैन भने मेलमिलाप गर्न कठिन हुन्छ भन्ने कुरामा जोड दिनुभएको थियो।साथै हरेक कदममा विवाद आइरहने हुनाले धेरै जसो समय विवाद मिलाउनमै गइरहेको तितो यथार्थता व्यक्त गर्नुभयो । मेलमिलामकर्ता मार्फत् विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गति लिने कुरा राख्नुभएको थियो । त्यस्तै न्यायिक समिति संयोजक एवम् पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा कोहारले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई गाउँपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको अध्यक्ष उमेश बि।क ले मेलमिलापको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने भन्दै मेलमिलापको विषयलाई पालिकाले योजनागत रुपमा प्रक्रियामा राख्न माग गर्नुभयो । पाल्हिनन्दन गाउँपालिका वडा नं। ४ वडा अध्यक्ष संजय कुमार पाठकले स्वागत गर्नुभएको तालिम समापन समारोहको सञ्चालन रन्जित शर्माले गर्नुभएको थियो । सामुदायिक मेलमिलापकर्ता पुनरताजगि तालिम वडा नं। १ देखि ३ सम्मलाई फाल्गुन १८ र १९ गते तथा वडा नं। ४ देखि ६ लाई २० र २१ गते गरि सम्पन्न गरिएको तालिममा १०६ जनाको सहभागीता रहेको थियो। विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पाटोमा सहजीकरण गरिएको थियो । तालिमको सहजिकरण अधिवक्ता अमर बहादुर शाहले गर्नुभएको थियो। पुनरताजगि तालिममा वडा नं.५ वडा अध्यक्ष ओम प्रकास गुप्ता ,मन्जु चौधरी, रामदयाल यादव लगाएतले बोल्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.