Jilla Ban Notis

कोरोनाको प्रभावले प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन र मेला–महोत्सव सबै स्थगीत ।

0 14
बुटवल, फागुन–१९
कोरोनाको प्रभावले प्रदेश ५ सरकारले लगानी सम्मेलन र मेला–महोत्सव सबै स्थगीत गर्ने निर्णय गरेको छ । त्यसैगरी विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू पनि स्थगीत गर्ने निर्णय गरेको जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनु भएको छ ।
प्रदेश सरकारले आगामी वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि प्रदेश न.. ५ का १२ वटै जिल्लामा आयोजित मेला तथा महोत्सवहरू पनि स्थगित हुने भएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता अपनाउन थालिएको हो । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना अहिले विश्वभरका ५० भन्दा बढी देशमा पुगिसकेको बताईएको छ ।
यता सामाजिक विकास मन्त्रालयले पनि कोरोना भाईरसका वारेमा प्रदेशका सरोकारवालाहरुसंग छलफललाई तिव्रता दिएको छ ।

Leave A Reply

Your email address will not be published.