sunwal

रामग्राम महिला जेसीजको पहिलो बैठक रामग्राम स्तूपमा ।

60
 परासी, १७ फागुन 
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामग्राम महिला जेसीज परासी वर्ष २०२० ले आफ्नो पहिलो बोर्ड बैठक रामग्राम स्तूपमा सम्पन्न गरेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२०  मनाईरहँदा आन्तरिक पर्यटनलाई बढवा दिन यो वर्षको पहिलो बैठक रामग्राम स्तूपमै आयोजना गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकालले बताईन । शानिबार सम्पन्न महिला जेसीजको बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ भने अध्यक्ष सल्लाहकारहरु पनि मनोनित गरेको महासचिव अनिता तिवारीले जानकारी दिइन । उनका अनुसार रामग्राम महिला जेसीजका पूर्व अध्यक्षहरु लक्ष्मी क्षेत्री, प्रविता गुरुवाचार्य, प्रभा ज्ञवाली, माया अग्रहरी तथा रामग्राम जेसीजका पूर्व अध्यक्षहरु राजकुमार रेश्मी, पुरुषोत्तम ढकाललाई अध्यक्ष सल्लाहकार मनोनित गरिएको छ। महिला जेसीजले यसै महीनामा स्वास्थ्य परिक्षण कार्यक्रम तथा होलि मिलन समारोह आयोजना गर्ने निर्णय गरेको महासचिव तिवारीले जानकारी दिईन ।