Jilla Ban Notis

सरस्वती माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न् ।

0 31

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
बर्दघाट नगरपालिका वडा नंम्वर १४ कुञ्जनपुरमा रहेको सरस्वती माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न् भएको छ । कक्षा १२ मा अध्ययन्रत विद्यार्थीहरुवाट अभ्यास शिक्षणका क्रममा आयोजना गरीएको हाजिरी जवाफ प्रतियोगितामा ग्रुप सि को दिनेश परियारको समुह प्रर्थम भएको छ भने ग्रुप ई को कृपा रिजालको समुह द्धितीय भएको छ । त्यसैगरी ग्रुप एफ को सन्ध्या रिजालको समुह तृतिय हुन सफल भएको छ । विद्यार्थीहरुलाई पढाईका अलावा अतिरिक्त क्रियाकलापमा समेत सवल वनाउदै उनीहरुको बौदिक क्षमताको विकासका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्र.अ.सोमनाथ अधिकारीले बताउनु भएको छ । पढ्ने भन्दा पनि सिक्ने र सिकाउन सक्ने कलाको विकास गर्दै युगसुहाउदो प्राविधिक र ब्यवहारीक ज्ञान दिनेगरी अघिबढ्ने सोचका साथ अहिले आफुहरु अघि बढेको प्र.अ अधिकारीको भनाई रहेको थियो । अर्चना सारुको अध्यक्षता र विद्यालयका प्र.अ सोमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त हाजिरी जवाफ प्रतियोगितामा सह–प्र.अ.आनन्द अधिकारी,शिक्षक गोविन्द प्रसाद न्यौपाने,ईश्वरानन्द नेपाल,राम प्रसाल पौडेल लगाएतको उपस्थिती रहेको थियो । अञ्जली कुमालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन झरना थापाले गर्नु भएको थियो भने हाजिरी जवाफ प्रतियोगिताको संचालन शिक्षक टमकला डुम्रेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.