Holi asnjal makar GURU

प्रथम गाउँपालिका स्तरिय अन्तर आधारभुत तह खेलकुद प्रतियोगिता समापन ।

33

प्रतापपुर,फागुन–१३
नवलपरासीको प्रतापपुर गाउँपालिका–४ ठुलोखैरटवामा प्रथम गाउँपालिका स्तरिय अन्तर आधारभुत तह खेलकुद प्रतियोगिताको आज समापन गरिएको छ ।जनजागृति आधारभुत बिद्यालय खैरटवाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलसिगार यादवको अध्यक्षता तथा गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथ्यमा भएको समापन कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका घनश्याम गाहा, रेफ्रि अनुज यादव लगायतले बोल्नुभएको थियो । प्रतियोगितामा कोटही देवी प्रा.वि. प्रथम, जनता मा.वि. घोडाहा द्वितीय र एन.सी.इङ्गलिस बोर्डिङ् स्कूल गिदहा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा लङजम्प, हाईजम्प, शटपुट, जेबलिन, रिले दौड, ब्याडमिन्टन, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिडर दौड, ८ सय मिटर दौड र १५ सय मिटर दौड लगायतका खेलहरु भएका थिए । खेलकुद प्रतियोगितामा गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि ४४ बिद्यालय सहभागी रहेको थियो ।