सुनवल,फागुन–२
जिसन नवलपरासीले आफ्नो वार्षीक कार्ययोजना अनुसार बिहिबारदेखि शुरु गरेको स्पोटर्स मिट २०७६ आज समापन भएको छ । आफ्नो संगठनमा आवद्ध रहेका ४८ विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिष्पद्र्या गराउनेगरी शुरु भएको उक्त स्पोटर्स मिट २०७६ को सुनवलमा आज एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले निजि क्षेत्र सबल नभएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने बताउनुभयो । उहाले बिद्यार्थिहरुलाई खेलको माध्यमबाट शैक्षिक गुणस्तर बृद्धि गर्ने र लुकेका प्रतिभाहरुलाई प्रष्फुटन गराई राष्ट्रलाई चिनाउने उपयुक्त माध्यम रहेको बताउनुभयो ।स्थानिय सरकार र निजि क्षेत्रका बिद्यालयसंग हातेमालो गरि शिक्षालाई प्रबिधिमैत्रि बनाउन आफुहरु तयार रहेको नगरप्रमुख थापाले बताउनु भयो ।
कार्यक्रममा प्याप्सन केन्द्रिय सचिवालय सदस्य यमबहादुर थापा, प्याप्सन जिल्ला अध्यक्ष इन्द्र गुरुगं, प्याप्सन प्रदेश सदस्य रामप्रसाद पाण्डे, सुनवल नगरपालिका वडा नं १, ३, ५ र ६ का वडा अध्यक्षहरु बिन प्रसाद बुढाथोकि, कर्णबहादुर शेन, थमनशिह नेपाली, रामप्रसाद लामा, प्याप्सन सुनवलका अध्यक्ष शंकर गौतम, उद्योग बाणिज्य संघ सुनवलका अधयक्ष रमेश कर्माचार्य, लगायतको आतिथ्यता रहेको थियो । १सय मि. दौडमा छात्र तर्फ आदर्श स्कुलका सलिम अन्सारी र छात्रा तर्फ आदर्श स्कुलकै सम्झना यादव , २सय मि. दौडमा छात्र तर्फ आदर्श स्कुलका सलिम अन्सारी र छात्रा तर्फ सोमनाथ बाबा माबिकी अन्जली खवास प्रथम भएका छन् । यसैगरि ४सय मि.दौडमा छात्र तर्फ लुम्बिनी सामुदायिक बिद्यालयका समिर सुनार र छात्र तर्फ मुनलाइट स्कुलकी अस्मिता चौधरी प्रथम भएका छन् । हाई जम्प छात्र तर्फ बेलाटारि माबिका आकाश भर र छात्रा तर्फ मुनलाइटकी सुमन चौधरी , ट्रिपल जम्पमा छात्र तर्फ मुनलाइटकै सन्जय चौधरी र छात्राा तर्फ आर्दश स्कुलकी सम्झना यादव प्रथम भएका छन् ।
यसैगरि लङ्घ जम्प तर्फ मुनलाइटका पंकज चौधरी र रामनगर एकेडेमिका कविता चौधरी र सटपुट तर्फ सोमनाथ माबिका रोहित क्षेत्रि र माटस मेमोरियलका पबित्रा गुरुगं प्रथम भएका छन् । यसैगरि रिले दौडमा छात्र तर्फ बसन्तपुर माबि र छात्राा तर्फ सोमनाथ बाबा माबि प्रथम भएका छन् । यस्तै खेल अवधिभर सवै भन्दा बढि अंक प्राप्त गर्ने मुनलाई एकेडेमि, मार्चपासमा प्रथम माटज मेमोरियर इ. एकेडेमि लाई मायाको चिनो प्रदान गरिनुका साथै बिजय खेलाडिलाई पुरस्कार प्रदान गरिएको थियो ।