Bardaghat Na pa

बिहिवार देखी मदार बाबा मेला शुरु १२ लाख भक्तजन आउने अनुमान

154

सहबान अन्सारी

प्रतापपुर,माघ–२९

   नवलपरासी आस्थाको मेला मदार बाबा मेला बिहिवार देखी शुरु हुने भएको छ। मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०३ अौं मेला हो । मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब ५० जना स्वयंसेवक , तिन ठाउँमा स्वास्थ्य शिविर , सार्वजनिक शौचालय ,नया बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन अन्सारीले बताउनु भयो। महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गर्दछ। बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ। मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२लाख भन्दा बढी भक्तजनहरू आउने मदार बाबा मजार संरक्षण संस्थाले जनाएको छ। यो मेला फाल्गुन १ गते देखी ७ गते सम्म संचालन रहने जनाईएको छ ।