Holi care school

मेची महाकाली खबरदारी अभियान सुनवलमा आईपुग्यो ।

78

विमल भट्टराई / ईन्दिरा विश्वकर्मा,
सुनवल ,माघ–२२

    अखिल नेपाल युवक संघको केन्द्रिय समितिको आयोजनामा बुधबार एक कार्यक्रमका विच मेची महाकाली खबरदारी अभियान सुनवलमा आईपुगेको छ ।  समृद्धिको बाधक भ्रष्टाचारको अन्त्य गर १ राष्ट्रघाती नागरिकता विधेयक खारेज गर १ भन्ने नाराका साथ राष्ट्रघाती नागरिकता विधेयक र भ्रष्टाचारको विरुद्धमा २०७६ माघ १५ देखि २९ गते सम्म हुने मेची महाकाली खबरदारी अभियान अन्र्तगत बुधबार सो कार्यक्रमको सुनवलमा आईपुगेको हो ।
अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरेको अध्यक्षतामा सुनवलमा सम्पन्न भएको मेची महाकाली खबरदारी अभियानमा भ्रष्टाचारको अन्त्यका लागी दवाब सृजना गर्ने , राष्ट्रघाती नागरिकता संशोधन विधेयक खारेज गराउने, सुशासन र सामाजिक न्याय कायम गर्न सरकारको ध्यानाकर्षण गराउने, भारतद्वारा अतिक्रमित नेपाली भुमी फिर्ता गराउन दवाब दिने र नेपालको कालापानि, लिपुलेक र लिम्पियाधराको भु –भागलाई आफ्नो नक्सामा राख्ने भारतिय हर्कतको भण्डाफोर गर्ने जस्ता विषयहरु समावेश गरिएको थियो ।  अखिल नेपाल युवक संघका सचिव भक्त बहादुर वि।क।ले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पौडेल लगाएत अखिल नेपाल युवक संघ केन्द्रिय तथा स्थानिय सदस्यहरुको उपस्थिती रहेको थियो ।