Sarawal sit lahar Notis

बडेरा सामुदायिक वन उपभोक्ता समुह सुनलव १३ बडेराको साधारण सभा तथा अधिबेशन सम्पन्न,

0 110
रामु भुसाल
बर्दघाट,माघ–१८
बडेरा सामुदायिक वन उपभोक्ता समुह सुनलव १३ बडेरा पश्चिम नवलपरासीको ११ औ साधारण सभा तथा चौथो अधिबेशन शनिबार बडेरामा सम्पन्न भएको छ । समुहका अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादु थापा भरतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सामुदायिक वनहरुले आफ्ना उपभोक्ताहरुलाई आय आर्जनमा जोड्नका लागी कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्दै सुनवल नगरपालिका सामुदायिक वनहरु संग साझेदारी गरि काम गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा समुदायिक वन महासंघका जिल्ला अध्यक्ष कमल परियार, सुनवल वडा न्म्ब १३ का वडाध्यक्ष एवं नगर प्रवकता कृष्ण प्रसाद देवकोटा, रामग्राम नगरपालिका डा नम्बर ७ का वडाध्यक्ष शिव प्रसाद हरिजन, पाल्हीनन्दन वडा नमबर ३ का वडाध्यक्ष उमेश हरिजन, सुनवल नगर स्तरि समुदायिक वनका अध्यक्ष दिलिप चापागाई, साविक रामनगर गाविसका निर्वतमान वडाधयक्ष कृष्ण प्रसाद बगाले लगाएतले मन्तय राख्नुभएको थियो ।
        कार्यक्रममा आर्थिक बर्ष २०७५/ ७६ को कु्ल ४३ लाख ८२ हजार बराबरको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो भने आर्थिक बर्ष २०७६/ ७७ का लागी करिब ७५ लाख बराबरको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो । सस्थाका वरिष्ट उपाध्यक्ष प्रेम बहादुर थापा मगरको स्वागत मन्तब्य रहेको कर्यक्रमको सञ्चालन सचिव भविश्वर पराजुलीले गनुभएको थियो । सोहि अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुने आयोजकले जनायको छ ।

Leave A Reply

Your email address will not be published.