Sarawal sit lahar Notis

जन्मदिनको अवसर पारेर अधिकारी दम्पतिद्धारा विद्यार्थीहरुलाई झोला वितरण ।

0 54

कृष्ण ढकाल
बर्दघाट,माघ–१६
बर्दघाट नगरपालिका वडा नं. १५ निवासी  कविर अधिकारी र पुष्पा पौडेलले आफ्नो छोरा ओयश अधिकारीको जन्मदिनको अवसर पारेर  विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला तथा कपि कलम वितरण गर्नुभएको छ । बर्दघाट नगरपालिका वडा नं. मा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माविका  नर्सरी कक्षा देखि कक्षा ५ सममका विद्यार्थीहरु मध्ये  ३० जना गरीव तथा जेहेनदार विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरीएको विद्यालयका प्र.अ. विजय रत्न पराजुलीले बताउनु भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यष अर्जुन मरासिनिको अध्यक्षता  र  वडाध्यक्ष रेश्मीराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा  सामाजिक क्षेत्रमा क्रियाशिल हुन लागेको नवजागरण समुहका सदस्य  तथा नेको ईन्सुरेन्स बर्दघाट शाखा प्रमुख मनोज कुमार क्षेत्री, दिवस फर्निचरका संचालक तथा समाज सेवी युवा दिपक थापा  सुसीला घिमिरे लगाएत,विद्यालयका शिक्षक कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो  । शिक्षक रमेश लम्सालको संचालन रहेको उक्त कार्यक्रममा दश हजार रुपैया बरावरका शेीषक सामाग्री वितरण गरीएको थियो । बर्दघाट बजारमा अधिकारी होम डेकोरेट्स पसल संचालन गर्नुभएका अधिकारी दम्पतिले अब देखि जन्मदिनलाई यसरी नै सामाजिक कार्यमा सहयोग गरेर मनाउने योजना बनाएको र सोही अनुसार योजनाहरु तयगरेको गाऊले अनलाईनलाई बताउनु भएको छ ।

No Comments
  1. हिमन गाहा मगर says

    अत्यन्तै खुशी लाग्यो सर। बाबुलाइ जन्म दिनलो लाखौं लाख शुभकामना छ ।

Leave A Reply

Your email address will not be published.