बर्दघाट बजारमा पोके ब्यापारीहरुको विगविगी बढेको प्रति स्थानियहरुको चिन्ता, त्यसको निरुत्साहित गर्न सरोकारवालाहरु लाग्नु पर्नेमा जोड ।
कृष्ण ढकाल
बर्दघाट,माघ–१४
बर्दघाट बजारमा पोके ब्यापारीहरुको विगविगी बढेको भन्दै त्यसको निरुत्साहित गर्न सरोकारवालाहरु लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले भारतीय बजारवाट कर छलीगरेर ल्याएका सामानहरु बर्दघाट बजारका केहि ब्यापारीहरुले खरीद गर्ने र केहि बर्दघाट हुनै अन्यत्रका कजारहरुमा जाने प्रवृद्धि बढेको भनदै उनीहरुले यसको निरुत्साहित गर्न सबै लाग्नु पर्नेमा जोड दिएका छन् । मंगलवार बर्दघाट बजार बिकास समिती बर्दघाट ४ ले आयोजना गरेको पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रममा बोलने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए । त्यसैगरी करका विषयमा समेत सरोकारवालाहरुसंग ब्यापक रुपमा छलफल हुन आवश्यक रहेको उनीहरुको भनाई रहेको थियो । स्थनिय ब्यपारीहरुको हकका विषयमा केन्द्रीय रहेर सचेतना मुलक कार्यक्रमको आवश्यता रहेकोमा पनि जोड दिईएको थियो । त्यसैगरी उनीहरुले लागु औषधको प्रयोग कर्ताहरुको रोकथामका लागि पनि सबैले पहल गर्नु पर्ने सुझाव दिएका थिए ।
बर्दघाट बजार बिकास समिती बर्दघाटका अध्यक्ष शोभाकान्त कोईरालाकोे अध्यक्षता र समितीका संस्थापक उपाध्यक्ष देवि प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा पुर्व अध्यक्ष राजु पाण्डेय, पुर्व उपाध्यक्ष राधा अधिकारी,संस्थाका सल्लाहाकार चुडामणी भण्डारी, पुर्व सल्लाहाकार राजेन्द्र सुनार लगाएतले आ–आफनो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शिव कोईरालाले अहिले सम्म आफ्नो समितिले गरेको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । सदस्य रमेश श्रेष्ठको स्वगत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव बिष्णु पराजुलीले गर्नुभएको थियो ।