Bardaghat notish

पश्चिम नवलपरासीमा पनि एनसेलको टावरमा अगजनी ।

192
परासी १३ माघ 
श्चिम नवलपरासीमा अज्ञात समूहले  एनसेल टावरमा अगजनी भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपािलकाको ९ मा आइतबार राति आठ बजे एनसेलको टावरमा अगजनी भएको हो । रामग्राम नगरपालिकाको वडानं ९ करमैनीस्थित चन्द्रशेखर पाठकको खेतमा रहेको एनसेलको टवारमा अज्ञात समूहले अगजनी गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एव सुचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिए ।आगजनीबाट टावरको अगाडिभागको तारमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानएको छ  । आगजनीमा विप्लव समूहको संलग्नता रहेको अनुमान गरिएपनि एक्नि हुन नसकेको र  घटनाको अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।