Sarawal sit lahar Notis

१९ औँ शसस्त्र प्रहरी स्थापना दिवसको अवसरमा शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा पनि स्थापना दिवस मनायो ।

0 39

रामु भुसाल

बर्दघाट,माघ–९
१९ औँ शसस्त्र प्रहरी स्थापना दिवसको अवसरमा देशै भर लगायत शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट पश्चिम नवलपरासीमा बिहिबार एक कार्यक्रमका बीच शसस्त्र प्रहरीको स्थापना दिवस मनाएको छ । उक्त शिक्षालयका समादेशक राजेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले दिवसको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्दै शसस्त्र प्रहरीका जवानले कर्तब्य पालनाका क्रममा राष्ट्र सेवक कर्मचारीको असामयिक निधनप्रति दुख ब्यक्त गर्नुभएको थियो घाइते भएका जवानहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नभएको थियो । साथै उहाँले राष्ट् सेवक कर्मचारीको जगमा संगठनले हालको उचाई प्राप्त गर्दै सागंठनिक लक्ष्य, उदेश्य प्राप्त गर्न सक्ने बताउनुभयो । साथै उहाँले शसस्त्र प्रहरीका विभिन्न ओहोदामा कार्यरत रही राष्ट्र सेवामा योगदान पुर्याई निबृत हुनु भएका सम्पुर्णप्रति सम्मान ब्यक्त गर्दै प्रमुख अतिथि शाक्यले विषम परिस्थितीमा गठन भएको यस संगठनले देशमा राजनितिक परिवर्तन संगै बिभिन्न जटिल परिस्थितीहरुमा सुम्पिएका जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्दै स्वर्णिम ईतिहास देखाउन सफल रहेको बताउनु भयो । साथै वहाले विगतका बहादुरीपुर्ण ईतिहासको जगमा थप उत्तरदायि र जिम्मेवार बन्दै मातृ भुमीको रक्षा गर्दै नेपाली जनताको शान्ति सुरक्षाका लागी हर सम्भव लागि रहन निर्देशन समेत दिनुभयो । सो अवसरमा शिक्षालयका विभिन्न गतिविधिहरुमा उत्कृष्ट कार्य गर्ने अधिकृत साथै प्रहरी जवानहरुलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने शिक्षालयको प्रांगण भित्र नवनिर्मित अमर शसस्त्र प्रहरी स्मारकको उद्घाटन समेत गरिएको थियो । कार्यक्रममा पुर्व डिएसपी कमानसिँह थापा, बर्दघाट वडा न्मबर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल लगाएतले विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा शिक्षालय स्थापना भएदेखी हालसम्म विभिन्न ओहोदाका शसस्त्र प्रहरी १४ जनाले विरगति प्राप्त गरेको जानकारी गराइएको थियो । कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी निरिक्षक सुरज पाण्डेले गर्नुएको थियो । कुल ४ सय ६० जना प्रशिक्षार्थीहरु प्रशिक्षण लिइरहेको उक्त शिक्षालयमा महिला प्रशिक्षिका रेकुड बेशिक २ सय ८ जना, बिल्लादार बेशिक एड्वान्स ४० जना र सेक्सनन लिडिङ ५० जना प्रशिक्षण लिइरहेको र तत्कालै अल्पकलिन असई बेसिक तालिममा १ सय १२ जना सहभागि रहने समादेशक शसस्त्र प्रहरी बल उपरिक्षक राजेन्द्र शाक्यले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.