Sarawal sit lahar Notis

सुनवल ६ तिलकनामा जारी  फुटवल प्रतियोगिताको आजको खेलमा बासा फुटवल क्लव बिजय।

0 36

सुनवल,७माघ
पश्चिम नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा डिएम वाई पि तिलौलि बासा फुटवल क्लव बिजय भएको छ । प्रतियोगिताको आज डिएम वाई पि तिलौलि बासा फुटवल क्लव र किर्तिपुर सेवेनस्टार फुटवल क्लव बिच पहिलो चरणमा १/१ गोलको बराबरीमा खेल टुङ्गिएपछि दोस्रो चरणमा ५/२को गोल अन्तरले डिएम वाई पि तिलौलि बिजय भएको छ ।
तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना  खेल मैदानमा संचालित भइरहेको हो । आज एन्फाका जिल्ला सदस्य ज्ञानु गुरुगं, सुनवलवडा नं ३ का टोल बिकास समिति अध्यक्ष कर्ण बहादुर मल्ल, समाजसेबि राजन गुरुगं, इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी प्रमुख बलराम गिरी, वडा सदस्य भिमा पल्लि मगर लगायत खेलपे्रमीहरुको उपस्थिति रहेको थियो ।
२४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद र २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरि भोलि बुधबारबाट दोस्रो चरणको खेल सुरु हुदै छ । भोलि दिउसो ३.४५ बजे बडेरा जनशक्ति युवा क्लव र मिनि बनकट्टि युवा क्लव बिच प्रतिष्पर्धा हुने अध्यक्ष कृष्ण गन्धर्वले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.