गौरीशंकर जयसवाल
परासी २३ पुस
पश्चिम नवलपरासीमा अख्तियार दुरुपयोग अनुन्साधन अयोगको टोलीले एक जना कर्मचारीलाई रगेहात रु ४० हजार रुपैया रकम घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको छ । मालपोत कार्यालय अन्र्तगत रहेको भूमि सुधार शाखा कार्यालयका खरिदारलाई अख्तियार आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले कार्यालयमै एक जना सेवाग्रहीसंग ४० हजार रकम घुस लिदै गरेको अवस्थामा रगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय अन्र्तगत रहेको भूमि सुधार शाखा कार्यालय परासीका खरिदार नेत्रबहादुर चौधरी रहेका छन । उनले मोहानी जग्गा बाडफाँटका कागजपत्र मिलाई दिने भन्दै सेवाग्रहीसंग ४० हजार घुस मागेका थिए । उनीमाथि आवश्यक अनुसान्धान कार्य भईरहेको आख्तियारले जनाएको छ ।