बर्दघाट,पौष २२
माघ १ र २ गते प्रदेश नम्बर ५ सरकारले सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ । उहाँले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने पनि बताउनु भयो ।
