sunwal

नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितासंगै शिक्षक र पत्रकारहरु विच पनि मैत्रिपूर्ण भलिवल खेल सम्पन्न् ।

124

कृष्ण ढकाल
बर्दघाट,पौष–१९
बर्दघाटमा रहेको न्यू लाईफ मा वि ले आफ्नो रजत महोत्वसको अवसर पारेर आयोजना गरेकोे नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितामा कुमुदिनी आवाशिय माध्यमिक विद्यालय बर्दघाट –४ प्रथम हुदै ७ हजार नगद सहित मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ । फाईनल खेलमा कुुमदिनीले बुद्धमंगल मावि बर्दघाट–१२ धनेवा लाई २५–१२ र २५–२१ को अन्तरले पछिपार्दै कुमुदिनी प्रथम बन्न सफल भयो भने बुद्धमंगल मावि बर्दघाट–१२ भनेवाले दोश्रो स्थानमै सिमित हुदै ५ हजार नगद मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो । यस्तै तृतिय स्थानको लागि भएको खेलमा एक्स आर्मी पब्लिक स्कूल बर्दघाट र दाउन्ने देवि माध्यमिक विद्यालय बर्दघाट विचको खेलमा दाउन्ने देविले २५—१८, २२—२५ र २५—१७ अंक लिएर तृतिय बन्दै ३ हजार नगद सहित मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ । भलिबल प्रतियोगितामा बर्दघाट नगरभित्रका ८ वटा विद्यालयले भाग लिएका थिए ।
त्यसैगरी शनिवार नै आयोजक विद्यालयका शिक्षक र पत्रकारहरु विच पनि मैत्रिपूर्ण भलिवल खेल सम्पन्न् भएको छ । शिक्षक र पत्रकारहरु विच भएको निक्कै कडा खेलमा २२—२५, २५—२१ र १५—९ को अन्तरले प्रत्रकारलाई पछाडी पार्दै शिक्षकहरुले जित हासिल गर्न सफल भएका थिए । नगर स्तरीय शिक्षक भलिबल प्रतियोगितामा प्याप्सनका केन्द्रीय सदस्य सुर्वण न्यौपाने,जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग, विद्यालयका अध्यक्ष लाल बहादुर अधिकारी संचालक डि.वि. अधिकारी,थम अधिकारी र प्रधानाध्यापक सन्तोष अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।