Sarawal sit lahar Notis

बर्दघाटमा न्यानो कपडा संकलन तथा वितरण कार्य शुरु ।

0 27

कृष्ण ढकाल
बर्दघाट,पौष–१५
सामाजिक सेवामा समरपित रहेर कार्यगरेको बर्दघाटमा क्रियाशिल नेपाली मन नामक संस्थाले न्यानो कपडा संकलन तथा वितरण कार्य शुरु गरेको छ । संस्थाले मंगलवार बर्दघाटको त्रिवेणी वसपार्कमा रहेको नेपाल रेडक्रश उपशाखाको निमार्ण धिन भवनअगाडी संकलन केन्द्रको स्थापना गरी गरीव तथा विपन्नहरुका लागि न्यानो कपडा वितरण शुरु गरेको हो । संस्थाका पदाधिकारीहरुवाट संकलित चारहजार रुपैयावाट संकलन केन्द्रको फलामे वाकस निमार्णगरी न्यानो कपडा वितरण कार्य शुरु गरीएको थियो । पहिलो संस्थागत दाताका रुपमा दाजुभाई स्टोर्स रहेको छ भने अध्यक्ष तारा पन्थ,जितेन्द्र चौधरी,विजय रत्न पराजुली लगाएतले कपडा सहयोग गर्नु भएको थियो ।
शितलहरसंगै अन्य मौसममा पनि गरीव तथा विपन्न परिवारहरुका लागि सहयोग पुग्नेगरी सो कपडा वैंक स्थापनागरीएको नेपाली मन संस्थाका सदस्य शिव प्रसाद शर्माले बताउनु भएको छ । उहांले आफुले प्रयोग गरेका तथा नगरेका राम्रा कपडाहरु आफुलाई काम नलागे सफागरेर सकेसम्म प्रेसगरी कपडा वैंकमा प्रदान गर्न समेत आग्रह गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.