sunwal

राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न ।

80

पौष १३, मणिग्राम

रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

क्याम्पसका विभिन्न तहमा अध्ययनरत छात्र र छात्राहरूका फरक फरक १६ समूहले प्रतिस्पर्धा गरेका थिए ।छात्रतर्फको प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षको गोपाल न्यौपानेको समूह पहिलो, कक्षा ११ को शिक्षाशास्त्रको विशाल थापाको समूह दोस्रो र वी.एड. दोस्रो वर्षको प्रविन थापामगरको समूह तेस्रो भएका थिए ।त्यस्तै, छात्रातर्फको प्रतियोगितामा कक्षा ११ शिक्षाशास्त्रको रूपा सारूको समूह पहिलो, कक्षा १२ व्यवस्थापनको जुनु चौधरीको समूह दोस्रो र वी.वी.एस. चौथो वर्षको पार्वती पुनको समूह तेस्रो भएका थिए ।प्रतियोगिता समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पस तथा विद्यार्थीको चौतर्फी विकाशका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक माया घिमिरेको संयोजकत्व तथा मधुसुदन खनालको सञ्चालनमा भएको थियो ।