Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. १४ लाई नवलपरासी जिल्लाकै पहिलो पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरीयो ।

0 59

कृष्ण ढकाल
बर्दघाट,पौष–१०
बर्दघाट नगरपालिकाले आफ्नो वडा नं. १४ लाई नवलपरासी जिल्लाकै पहिलो पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरेकोे छ । विहिवार वडा नं. १४ को कार्यालय परिसरमा एक कार्यक्रमको आयोजनागरी पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरीएको थियो । बर्दघाट नगरपालिका वडा नं. १४ का वडाध्यक्ष केशव खत्री को अध्यक्षता र नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा उक्त घोषण कार्यक्रम सम्पन्न् भएको थियो । स्वास्थ्य सस्थामै सुत्केरी बनाऔ,अकालमा हुने शिशु मृत्युदर र मातृ मृत्युदर घटाऔ भन्ने मुल नारा सहित स्थानिय स्तरमै चेतना अभिबृद्धी गर्न कलाकारहरुको समेत सहभागिता गराईएको थियो । कार्यक्रममा चर्चित लोक गायक बिस्णु खत्री र हास्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बाको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख माया देवि पौडेल,प्रशाशकिय प्रमुख मेघनाथ पाध्याय ,वडाध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । दाउन्नेदेवी स्वास्थ्य चौकिको तथ्यांक अनुसार १४ नम्बर वडामा करिब ९६ प्रतिशत महिलाहरु स्वास्थ्य सस्थामा आई सुत्केरी भएको हुदा पुर्ण सस्थागत सुत्केरी वडा घोषणाका लागि निश्चित मापदण्ड पूरा भएकाले पहिलो पटक वडा न १४ लाई जिल्लामै पहिलो घोषणा गरीएकोे स्वास्थ्य चौकि शाखा प्रमुख मुक्ती बस्यालले बताउनु भयोे ।

Leave A Reply

Your email address will not be published.