मुक्ति तिवारी
बर्दघाट,पुष ८
बर्दघाट नगरपालिका वडा न १४ लाई जिल्लाकै पहिलो पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरिने भएको छ। यहि पुष १० गते एक विशेष कार्यक्रमका बिच पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गर्न लागिएको वडाध्यक्ष केशव खत्री ले जानकारी दिनु भएको छ। कार्यक्रमको पुर्व तयारी स्वरुप मङ्गलबार आयोजना गरिएको सरोकारवाला र स्थानियहरु सगको छलफल तथा अन्तरक्रिया कार्यक्रम मार्फत कार्यक्रमको प्रारुप र उदेश्यका बारेमा प्रकाश पारिएको थियो।स्वास्थ्य सस्थामै सुत्केरी बनाऔ,अकालमा हुने शिशु मृत्युदर र मातृ मृत्युदर घटाऔ भन्ने मुल नारा सहित स्थानिय स्तरमै चेतना अभिबृद्धी गर्न मनोरंजनात्मक तवरबाट कार्यक्रमको संदेश प्रवाह गर्नका लागि चर्चित लोक गायक बिस्णु खत्री र हास्य कलाकार पुरुशोत्तम भन्डारी पुर्खे बाको समेत प्रस्तुति रहने बताईएको छ। साथमा स्थानिय कलाकार हरुको प्रस्तुति सहितको विशेष सास्कृतिक कार्यक्रम समेत राखिएको वडा सचीव टङ्कनाथ भन्डारीले जानकारी दिनुभयो।दाउन्नेदेवी स्वास्थ्य चौकिको तथ्यांक अनुसार १४ नम्बर वडामा करिब ९६ प्रतिशत महिलाहरु स्वास्थ्य सस्थामा आई सुत्केरी भएको हुदा पुर्ण सस्थागत सुत्केरी वडा घोषणाका लागि निश्चित मापदण्ड पूरा भएकाले पनि पहिलो पटक वडा न १४ लाई जिल्लामै पहिलो घोषणा गर्न लागिएको स्वास्थ्य चौकि शाखा प्रमुख मुक्ती बस्यालले जानकारी दिनुभयो।कार्यक्रम दाउन्नेदेवी स्वास्थ्य चौकी को विशेष पहल र बर्दघाट १४ को संयुक्त आयोजनामा हुने बताईएको छ।आमा समूह, स्वास्थ्य सस्था लगायत विभिन्न संघ सस्थाहरुसगको छलफल र परामर्श पश्चात कार्यक्रमलाई सफल बनाई अभियानको रुपमा लागू गरि सकारात्मक संदेश प्रवाह गर्न सबैको सहयोग अपरिहार्य रहने अध्यक्ष खत्रि ले बताउनु भयो।