Sarawal sit lahar Notis

औषधी ब्यावसायिको बार्षिक कार्ययोजना कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

0 46

नवलपरासी ,६ पुस

पुर्बी नवलपरासीको कावासोति नगरपालिका १५ बाघखोर नवलपुरमा नेपाल औषधी ब्यावसायि संघको बार्षिक कार्ययोजना कार्यशाला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल औषधी ब्यावसायि संघ जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा शाखाका अध्यक्ष राम चन्द्र पौडेलको अध्यक्षता तथा अन्चल शाखा अध्यक्ष शिव ज्ञावलिको प्रमुख आतिथ्यतामा २ दिने कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अन्चल शाखा माहासचिब , जिल्ला शाखाका पदाधिकारि तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो। कोषअध्यक्ष राजकुमार चौधरीको सम्योजनमा भएको कार्यक्रमको संचालन संघका महासचिव ढुडिराज भट्टराई तथा स्वागत संघका सचिब बाबुराम तिमिल्सिनाले गर्नुभएको थियो ।कार्यक्रममा संघका बार्षिक कार्यक्रमहरु माथी छलफल गरि पारित समेत गरिएको हो। बार्षिक कार्ययोजना कार्यशाला तथा प्रशिक्षण कार्यक्रम डा। रोहित कुमर छेत्री तथा युवराज घिमिरेले सहजिकरण गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.