sunwal

लायन्स क्लव अफ नवलपरासी सुस्ताद्धारा निःशुल्क आँखा शिविर सम्पन्न् ।

८६ जनामा मोतिया विन्दु रोग देखियो ।

17

कृष्ण ढकाल
सुस्ता,पौष–४
लायन्स क्लव अफ नवलपरासी सुस्ताको आयोजनामा शुक्रवार सुस्तामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न् भएको छ । सुस्ता गाँऊपालिकाको आर्थिक सहयोग र डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा उक्त एक दिने निःशुल्क आँखा शिविर सम्पन्न् भएको हो । सुस्ता गाऊंपालिकाको प्राङ्णमा भएको निःशुल्क आँखा शिविरमा १ सय ८४ जना पुरुष र १ सय ९२ महिलाहरुले आफ्नो आँखा चेकजाँच गराएका थिए । जसमध्ये ८६ जनामा मोतिया विन्दुको रोग देखिएको थियो । मोतीया विन्दुको रोग देखिएका विरामीलाई डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाईएको लायन्स क्लव अफ नवलपरासी सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)ले जानकारी दिनु भएको छ । शिविरको समुद्घाटन सुस्ता गाँऊपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रखुम आतिथ्यतामा भएको थियो ।