Jilla Ban Notis

उपहार नगर आमा समुह बर्दघाट ४ वाढिपीडितको पाचौं वार्षिक साधारणसभा सम्पन्न ।

0 43

बर्दघाट,मंसिर–३०

उपहार नगर आमा समुह बर्दघाट ४ वाढिपीडित पश्चिम नवलपरासीको पाचौं वार्षिक साधारणसभा सोमबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । समुहकी अध्यक्ष विष्णु कुमारी कार्कीको अध्यक्षता एवं बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख एवं न्यायीक समितीकी संयोजक मायादेवी पौडेलको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता रविन्द्र विक्रम हमालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा अध्यक्ष कार्किले आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समुहकी कोषाध्यक्ष मेनका भुसालले आर्थिक वर्ष ०७५,०७६ को आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा समुहका सल्लाहकार सदस्य जनक रावल, ओम बहादुर कार्की, समाजसेवी केरसिंह गौतम लगाएतले मन्तव्य राख्नुभएको थियो l

कार्यक्रममा आमा समुहका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, जेष्ठ नागरिक, स्थानीयबासी लगाएतको उपस्थिती रहेको थियो । समुहकी उपाध्यक्ष गिता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समुहकी सचिव रिता खतिवडाले गर्नुभएको थियो । उक्त समुहमा कुल ७६ जना महिला सदस्यहरु आबद्ध रहेका छन । समुहले विभिन्न गतिवधिहरु संचालन गर्दै सामाजिक कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको र गाउ घरमा पर्ने स साना झै झगडाम मध्यस्थकर्ता गरि मिलाउने, लागु औषध दुब्र्यसनीका विरुद्ध अभियान चलाउदै आइरहेको समुहले जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.