Sarawal sit lahar Notis

हरकट्टामा श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ सुरु ।

0 50

रामु भुषाल

हरकट्टा,मंसीर–२६

जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीको आयोजनामा श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ सुरु भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल सम्पादन समितिका समयोजक अमरनारायन चौधरीको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा विहिबार विद्यालय परिसरमा महायज्ञको समुद्घाटन गरिएको हो । उक्त समुद्घाटन कार्यक्रममा महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले सुनवल नगरपालिका भित्र रहेका १० वटा मावी, सात वटा आधाभुत विद्यालय र १८ वटा प्रावि गरि ३५ वटा सामुदायिक विद्यालयलाई नगरले नजिकबाट नियालिरहेको र सबै विद्यालयको स्तरनोन्नतीका लागी सुनवल नगरपालिका लागी परेको बताउनुभयो ।साथै उहाँले अहिले कानुनमा सामुदायिक विद्यालयहरुलाई स्थानिय सरकारले हेर्ने भएपनि कानुन निर्माणमा ढिला हुदा सामुदायिक विद्यालयहरु केही ओझेलमा परेको तर गत बर्ष सुनवल नगरपालिकाले स्थानिय शिक्षा एैन बनाई सम्पुर्ण शैक्षिक सस्थाहरुको अनुगमन गरेको र सो अनुगमनमा आधारभुत विद्यालय र प्रावी तहका विद्यालयमा तोकिएको मापदण्ड अनुसार विद्यार्थी र पुर्वाधारहरु नभएको हुदा नगरले शैक्षिक गुणस्तरका लागी यस आर्थिक बर्ष २०७६, ७७ मा २ करोड ३८ लाख शिक्षामा बजेट विनियोजन गरेको समेत बताउनुभयो ।सो अवसरमा सामुदायिक विद्यालयहरुको तर्फदेखी सार्वजनिक आधारभुत विद्यालय मिश्रौलीका प्रअ भबिश्वर पाण्डे, निजि विद्यालयका तर्फदेखी विद्यासागर ईग्लिश बोर्डिंग स्कुल सुनवल १२ हरकट्टाका कुसुम चापागाई लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित सञ्चालन हुने महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले जनाएको छ । यज्ञ मुल सम्पादन समितिका महासचिव लुमाकान्त भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समाजसेवी टंक सुवेदीले गर्नुभएको थियो । सो महायज्ञको अफिसियल मिडिया सामुदायिक रेडिया दाउन्नेले महायज्ञमा हरेक दिन प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.