Sarawal sit lahar Notis

सुनवल १२ हरकट्टामा ज्ञानमहायज्ञको तयारी पुरा ।

0 44

कृष्ण ढकाल
हरकट्टा,मंसीर–२५
सुनवल १२ हरकट्टामा भोली मंसीर २६ गतेवाट शुरुहुने श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञको तयारी पुरा भएको छ । हरकट्टामा रहेको जनता आधारभुत विद्यालयलाई अंग्रेजी माध्ययामद्धारा संचालन गर्ने र प्राविधिक शिक्षा संञ्चालन गर्ने उद्धेश्यले सो महायज्ञ गर्नलागिएको आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको छ । जनता आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमरनारायण चौधरीको अध्यक्षता र १८ औं पुराणका सारस प्रवक्ता बालब्यास नारायण न्यौपानको प्रमुख आतिथ्यतामा उक्त पत्रकार सम्मेलन सम्पन्न् भएको थियो ।
यज्ञसम्पादन मुलसमितिका महासचिव लुमाकान्त भुषालको स्वागतवाट शुरुभएको पत्रकार सम्मेलनमा बोल्दै महायज्ञका मुख्य कथावाचक नारायण न्यौपानेले धर्म संस्कृति र संस्कारका वारेमा जानकारी दिने र धर्म संस्कारको संरक्षण गर्दै विद्यालयको स्तरउन्नतीमा सहयोग पुर्याउने उद्धेश्यले यज्ञ गर्न थालीएको जानकारी गराउनु भएको थियो । उहांले यज्ञ ब्यापार नभै संस्कार सिकाउने माध्याम रहेकोमा जोड दिनु भएको थियो । सबै जातजाती धर्म लिगं र सम्प्रदायको साझाथलोका रुपमा धार्मिक आस्थाको केन्द्र बनाउन पनि आग्रह गर्नु भएको थियो । यज्ञले नयां पिढींहरुका लागि वैदिक धर्मसस्कार र संस्कृति पूर्विय दर्शन,हाम्रो परम्परागत धर्मको मान्यता र धार्मीक कार्यविधिका वारेमा समेत जानकारी दिने अध्ययन थलोका रुपमा रहने समेत जानकारी दिनु भयो ।
सुनवल १२ हरकट्टामा हुने उक्त महायज्ञवाट करिव ७० लाख रकम संकलन गरी २० लाख खर्चहुने र ५० लाख वचत गर्ने लक्ष्य आयोजकले लिएको यज्ञसम्पादन मुलसमितिका महासचिव लुमाकान्त भुषालले बताउनु भएको छ । उहांका अनुसार वचत गरीएको ५० लाख रुपैयाको अध्यक्षकोष खडागरी निजिस्तरवाट ५ जना शिक्षकलाई तलव दिने ब्यवस्था गर्ने योजना रहेको महासचिव भुषालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.