kalika

प्यान कार्ड हुँदैमा कोहि भारतिय हुँदैन ः सांसद कँडेल

28

परासी १३ पुष

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेंले आफ्नो बारेमा नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दे नेता कण्डेंलले समाचार तथ्यहिन भएको भन्दै सत्य तथ्य समाचार सम्प्रेशण गर्न पनि आग्रह गर्नुभएको छ । आइतवार नयाँ पत्रिका दैनिकले पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कण्डेंल र प्रदेश सभा सदस्य वैजनाथ जयसवालका सम्बन्धमा समाचार प्रकाशन गरेको छ । समाचारमा कण्डेंल र जयसवालसँग भारतिय नगारिककै हैसियतमा भारतको प्यान कार्ड रहेको समाचार प्रकाशित भएको छ । यस सम्बन्धमा खण्डन गर्दे कण्डेंलले प्यान कार्डको आधारमा भारतिय भन्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । कण्डेलले जारी गरेको विज्ञप्तीमा नेपालबाट भारतमा गएर विभिन्न सेवामा रहेका प्रवासि नेपाली वा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थि, सेना वा अन्य व्यवसाय, समाजिक संघ संस्थामा कार्यरत नेपालीहरुलाई आफ्नो तलब वा ज्याला लिन पर्दा वा व्यवस्थापन संञ्चालन गर्दा भुक्तानी गर्न प्यान कार्ड अनिवार्य छ । त्यस्तै नेपालमा सरकारले स्वेदेशि वा विदेशिको हकमा एक हजार भन्दा बढि रकमको लेनदेनमा समेत प्यान कार्ड अनिवार्य गरेको छ, यसैको भरमा भारतीय भन्नु गलत भएको प्रष्ट पारिएको छ । यसअघि पनि सो पत्रिकाले कण्डेंलका सम्बन्धमा उनिसँग दोहोरो नागरिकता रहेको दाबी सहितको समाचार प्रकाशित गरेको थियो । अहिले उनिमाथी अनुसन्धान जारी रहेको समाचारमा उल्लेख रहेको छ ।