Jilla Ban Notis

रामनगर एकेडेमी सुनवल १२ भुमहीमा नि शुल्क आखा परीक्षण

0 26

उर्मिला यादव

सुनवल,मंसिर १०

नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको आयोजना तथा बिनोद निता कण्डेल आखा अस्पतालको प्राबिधिक सहयोगमा रामनगर एकेडेमी सुनवल १२ भुमहीमा निशुल्क आखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।  रामनगर एकेडेमी सुनवल १२ भुमहीका प्रध्यानाध्यापक जन प्रसाद अधिकारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका अध्यक्ष गोपाल प्रसाद शर्मा लामिछानेको प्रमुख आथित्यतामा रामनगर एकेडेमी सुनवल १२ भुमहीमा अध्ययनरत बिद्यार्थीहरुको निशुल्क आखा परीक्षण गरीएको हो  कार्यक्रममा रामनगर एकेडेमी सुनवल १२ भुमहीमा अध्ययनरत छ सय तीस जना बिद्यार्थीहरुको निशुल्क आखा परीक्षण गरीएको छ भने जसमध्ये ५३ जनाको आखा कमजोर रहेको र आखा कमजोर भएका बिद्यार्थीलाइ निशुल्क चस्मा बितरण गरीने नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका अध्यक्ष गोपाल प्रसाद शर्मा लामिछानेले जानकारी दिनु भएको छ । यस्तै गरी भोलि बिद्यालयका बाकी बिद्यार्थीहरुको आखा परीक्षण गरीने आयोजकले जनाएको छ । आखा परीक्षण कार्यक्रममा बिद्यालयका सहायक प्रध्यानाध्यापक युवराज पाण्डे , बिद्यालयका शिक्षक नायक यज्ञ प्रसाद चौधरी , बिद्यालयका जुरेस सभापति गौरव केसी , बिद्यालयका शिक्षक , बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.