बर्दघाट, मंसिर ८
मुक्ती तिवारी
बर्दघाट नगरपालिका वडा न १६ ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा भित्र रहेका ८१ जना जेष्ठ नागरिकहरुलाई न्यानो सिरक बितरण गरिनुका साथै सम्मान समेत गरिएको हो।कार्यक्रम बर्दघाट नगरपालिका वडा न १६ का अध्यक्ष सुक बहादुर गुरुङ को सभापतित्व तथा सोही वडा का जेष्ठ नागरिक बयोबृद्ध वीर बहादुर ठाडा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रम मा बोल्दै बर्दघाट १६ का अध्यक्ष सुक बहादुर गुरुङ्ले युवा पुस्ताले जेष्ठ नागरिकहरुलाई उहाहरुले समाज रुपान्तरण मा खेलेको भुमिका लाई सम्मान गर्दै,अनुसरण गर्दै अगाडि बढ्नु पर्ने बताए।अध्यक्ष गुरुङले बृद्धबृद्धा सदैव सम्मान को पात्र भएका हुनाले वडा सदस्यहरु स्थानिय जनप्रतिनिधि लागायत सबैको ईच्छा अनुरुप सानै प्रयास स्वरुप जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने प्रयास को थालनी गरेको बताए।त्यसैगरि कार्यक्रम मा बोल्दै जिसन नवलपरासी का अध्यक्ष ईन्द्र गुरुङले न्यानो लुगा को अभावमा कतिपय बृद्द्बृद्धाहरु अझै पनि बढ्दो चिसोको सङ्क्रमण ले ग्रसित हुने सम्भावना हुदा वडा ले उचित समयमा गरेको यस किसिमको सम्मान कार्यक्रम प्रसङशनिय रहेको बताए। वडाले गरेको सम्मानले आफुहरुमा थोरै भएपनी खुसी छाएको सहभागी बृद्धबृद्धाहरुले बताए।कार्यक्रम मा वडा सदस्य तथा कार्यपालिका सदस्य अम्बिका लम्सालले स्वागत मन्तब्य राखनुका साथै सुर्यनगर टोल बिकास समितिका संयोजक दुर्गा उपाध्याय ले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।कार्यक्रम मा वडा सदस्यहरु दिलमाया थापा,थमान सिंह गुरुङ,फुलमाया रसाईलि,नवयुवा क्लबका अध्यक्ष भिमकाजी गुरुङ,सानाकिसान दाउन्नेदेविका अध्यक्ष देवि अधिकारी,एकल महिला समुहकी अध्यक्ष भिमा गिरि,स्थानिय समाजसेवी बेतन गुरुङ,विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन सोही वडाका सचिव यम प्रसाद न्यौपानेले गर्नु भएको थियो।
