Sarawal sit lahar Notis

सुनवलमा संचालित मेलाको दोस्रो दिनमै दर्शकको ओहिरो ,ज्योति र अनुले मच्चाए धमका ।

0 84

रमेश भुषाल
सुनवल,मंसिर–६

पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशिक औद्योगीक व्यापार मेलाको दोस्रो दिनमा दर्शकको ओहिरोनै लागेको थियो । । मेलाको दोस्रो दिन करिव ८ हजार दर्शकहरुले मेलाको अवलोकन गरेको टिकट व्यवस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए । मेलाको दोस्रो दिन लोक तथा दोहोरी गायिका ज्योति मगर र अनु गुरुङले धमकानै मच्चाएका थिए भने दर्शकहरुले कम्मर मरकाई मरकाई नाचेका थिए । त्यस्तै मेलामा आउने दर्शकहरुले जनजातिका परम्परागत घर अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र चिटिक्का स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो । व्यापारी र दर्शकहरुको अर्कषणको लागी स्टल डेकोरेटमा कुनै पनि कन्जुसीयाई नगरिएको स्टल ब्यावस्थापन समिति का संयोजक तथा संघका सचिब इश्वरी भण्डारीले बताए ।मेलामा सहभागिहरुले सुनवलका पर्यटकिय क्षेत्रहरु, महलपोखरी, बाबा बर्दगोरीया लगाएतका पर्यटकिय तथा धार्मिक महत्वका विभिन्न स्थलहरुको अवलोकनका लागी जिप सफारी गराइने सुनवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए ।उद्योग बाणिज्य संघ सुनवल नवलपरासीका अध्यक्ष रमेश कर्माचार्यले दर्शकहरुको उत्साहजनक सहभागिताले आफुहरु उत्साहित भएको बताउदै अन्य दिनमा पनि दर्शकहरुले यसैगरि मेला अवधिभर अवलोकन गरिदिनुहुन आग्रह गरे । त्यस्तै मेलाको तेस्रो दिन शनिबार आधुनिक गायिका एन्जिला रेग्मी, गायक राजेन्द्रराज शिवाकोटि, हास्यकलाकार राजा राजेन्द्र पोखरेल महादेव क्षेत्री लागएतको विशेष प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक रमेश पराजुलिले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.