Sarawal sit lahar Notis

सुनवलमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ शुरु ।

0 33

रमेश भुसाल

सुनवल,मंसिर–५

कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ सुनवल पश्चिम नवलपरासीको आयोजनामा बिहिबार देखि सुनवलमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ शुरु भएको छ । मेला उद्घाटन प्रदेश ५ का प्रदेश सांसद भगवती भन्डारीले गर्नुभएको हो । सो अवसरमा सांसद भण्डारीले भ्रमण वर्ष २०२० को समते व्यानर अनावरण गर्नुभएको छ । सांसद भण्डारीले मेलामा प्रदेश ५ भित्रका सवै जिल्लाको कृषि उत्पादनलाई प्रथमिकतामा राखेको भन्दै समृद्ध प्रदेश खुशी जनताको नारा सफल हुने बताउनुभयो । साथै उहाले उद्योग वाणिज्य संघ सुनवलको गुनासो प्रदेश हुदै केन्द्र सम्म पु¥याउने प्रीतवद्धता समेत ब्यक्त गर्नुभयो । सुनवलमा संचालन भएको मेला अरु मेलाहरु भन्दा विशिष्ट र स्थानिय उत्पादनहरुलाई प्राथमिकता दिएको भन्दै पुर्व राज्य मन्त्री घनश्याम यादवले नेपालमा खनिज प्रदार्थहरु प्रशस्त रहेको भन्दै त्यसको फाइदा प्राप्त गर्नका लागी त्यस तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । सो अवसरमा वोल्दै सुनवल नगरपालिका का प्रमुख भिव बहादुर थापाले मेलालाई सफल बनाउनु पर्ने भन्दै मेलाको माध्यायमबाट गाउ गाउमा लुकेका कला कृषि उत्पादन, सिप र लघु उद्यमलाई राष्टीय हुदै अन्तराष्ट्रिय स्तर सम्म पु¥याउनु पर्ने बताउनुभयो । मेलाको उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्याल, नेकपा का जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काङग्रेसका जिल्ला सभापति अर्जुन कुमार पोखरेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्दै मेला सफलताको शुभकामना दिनुभयो ।नेपाल लगायत छिमेकि राष्ट्रहरुका उत्पादक, उपभोक्ता, बितरक, उद्योगि व्यवसायिहरु र निर्यातकर्ताहरुलाई एकै थलोमा जम्मा गरि स्थानिय तथा स्वदेशि सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु साथै लगानि तथा नयाँ प्रबिधि सम्बन्धमा आपसी जानकारी आदानप्रदान गर्ने उद्धेश्यका कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहिमेला शुभारम्भ गरेको बताउनुभयो । मंशिर १५ गते सम्म संचालन हुने मेलाको दोस्रो राष्ट्रिय कलाकार ज्योति मगरको विशेष प्रस्तुति रहने जानकारि दिदै मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका वाणज्य उपाध्यक्ष लेखनाथ खरेलले उद्घाटन शत्रको प्रभात फेरीमा सहभागिहरुको लागी दोस्रो दिन निशुल्क प्रवेश व्यवस्था रहेको बताउनुभयो । प्रभात फेरीमा स्थानिय संघ संस्था , महिला समुह , विद्यार्थी, आमा समुह , क्लव, सामुदायिक वन लगाएतको स्थानियहरुको उपस्थीति रहेको थियो । मेलामा प्रदेश ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाकलगायतका बस्तुहरु गरि पर्दशर्नीमा १६५ स्टरहरु राखिएको संघका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.