Bardaghat Nagarpalika
Bidhuta Bitaran kendra Notice

भौतिकवाद र विज्ञानको विकास ।

Susta Gaupalika
0 762

रमेश भट्टराई ‘सहृदयी’ 

भौतिकवादी चिन्तनअनुसार अणु, परमाणु र पदार्थबाटै विश्वको चेतनशक्ति र अचेतन शक्ति निर्मित छ । मानिसमा पनि हाइड्रोजन, अक्सिजन, फोस्फरस, नाइट्रोजनजस्ता तŒव समाहित हुन्छ । जीवकोषको अनुसन्धान, जीवावशेष, व्रmोमोजोमलगायतका कुरादेखि चाप, बल, ग्यास निर्माण— सबै कुरा विज्ञानका देन हुन् । हरेक वस्तु परिवर्तनशील हुन्छ । पारिस्थितिक प्रणाली निर्भर हुन्छ ।

माक्र्सवादी दर्शनअनुसार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले श्रमको मूल्य सिकायो । वैज्ञानिक समाजवादी वर्ग सङ्घर्ष र सर्वहारा वर्ग अनि अधिनायकत्वबाट साम्यवादी सोचले संसारलाई तहल्का मच्चाइरहेको छ । सामन्ती साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आव्रmान्त अविकसित देशहरूमा पुँजीवाद स्थापनाको खोजी गर्ने कार्यमा दार्शनिकहरूले विचार पोख्न भ्याए । सायद केही सत्य नभेट्दा नित्सेले भने— “ईश्वर मरिसके ।” भौतिकताको पराकाष्ठामा गुजे्रका दार्शनिक फुकोल्ड पनि जीवनको अन्तिममा भावनात्मक–आत्मिक चिन्तनमा जोडिन पुगे । अन्तिम सत्यको खोजीमा अध्यात्म र भौतिकवादी दुवै समूह लालायित छ ।

भौतिक परिवर्तनसँग हरेक वस्तुको कारण र प्रभाव खोज्छ । त्यसैले कल्पनाको कोरा किताबी किंवदन्तीमै कव्रmक्क पर्न नचाहनु भौतिक समुन्नतिको कारक हो । संसारको बनोटमा कारणसहित व्याख्या गरिए, सामाजिक अध्ययन भए अनि मानवीय शक्तिलाई उचो बनाउने प्रयास गर्दै आइरहेकै छ ।

आदर्शवादीले दिएको तर्कमा पृथ्वी उत्पत्तिको कारण खोज्यो, यथार्थको वास्तविकतामा केवल चन्द्रमासम्म पुग्ने यन्त्र बनायो, मङ्गल ग्रहमा मानव बस्ती बसाउने अनुसन्धान र अभ्यास गर्दै छ । ज्ञान र पदार्थको ऊर्जा रूपान्तरण भौतिक वस्तुमा गराउँदै जाँदा मानवीय सक्षमताले सहजीकरण गर्न पाएको छ ।

पुँजीवादी आर्थिक क्रान्ति, सामाजिक क्रान्तिले ल्याएका परिवर्तन भौतिकवादी सोचमै जोडिएका विषय हुन् । घण्टौँ लाएर गरिने कार्यलाई क्षणमै समय, श्रम र सम्पत्ति बचत गर्ने यन्त्रमानव बनायो, वैज्ञानिक चमत्कार ग¥यो, फलतः अमेरिका, जापान, जर्मनजस्ता देश विकसित बने । विज्ञानकै देन हो, आज मुटु प्रत्यारोपण हुन सक्छ, क्यान्सर रोगको उपचार सम्भव छ— भौतिक सक्षमताकै देन अवश्य हो ।

अणु, परमाणुको अन्वेषण गरेर सूक्ष्मदर्शक यन्त्र बनाएर, भौतिक, रासायनिक तथा जैविक क्षेत्रमा कल्पनातीत रहस्य खोतलेर जीवनको सम्पूर्ण पक्षमा घनिष्ठ साइनो गाँसेको छ—भौतिकवादले । यसमै मानवीय अस्तित्व र मानवीय युग सभ्यता बाँचेको तथ्य स्पष्टै छ । कवि भूपीले भनेभैmँ हामी अभैm “जेट युगमा होइन, पेट युगमा रूपान्तरण हुन पनि सकिरहेका छैनौँ ।”

वैज्ञानिक ज्ञानको साटो सैद्धान्तिक काल्पनिकतामा अड्काउने कतिपय अप्रामाणिक मिथकले मानवलाई दुःखित तुल्याएको छ । सङ्क्रमणकालीन युगसन्धिमा आज पनि विद्रुपता हेर्नुपरेको छ । कल्पना होइन, यथार्थरक संसारमा असम्भव कुरालाई प्रमाणका आधारमा तथ्य खोजेर भौतिकवादले सफलता प्राप्त ग¥यो । कतिपय सूक्ष्म समस्याबाट उम्कन नसक्दा विकासको मार्गमा हामी कछुवा गतिमै छौँ । प्राकृतिक प्रकोपका कारण खोजिनु, प्रामाणिक व्याख्यामा अन्तरिक्षसम्म पुग्ने बाटो खोजिनुमा विज्ञानको विकासले भूमिका खेलेको छ ।

कल्पनाको, विचारको खानाले भोको पेटलाई भर्दैन भन्ने ध्रुवसत्यलाई मनन गर्ने आवश्यकता आज छ । भाषणमा आकर्षित हुने संस्कारबाट अब विकास मार्गतिर रूपान्तरण हुन सक्नुपर्छ । भौतिकवादले विज्ञान र वैज्ञानिक सहारालाई यथार्थ रूपमा तथ्यसँग प्रतिविम्बित गराउँछ । डार्बिनले बाँदरदेखि मानवको विकास भएको तथ्य अघि सारे । देवकोटाले प्रकृतिमा लालित्य खोजे । विज्ञानले सर्वत्र जादु छरेको छ ।

जल मार्ग, स्थल मार्ग, आकाश मार्गका यातायात सुविधा विस्तारको विकास केवल वैज्ञानिक बौद्धिक सोचको सफलता हो । आज धर्ती आँगन अनि अन्तरिक्ष छाना बनाउन तल्लीन छ— मानिस । शिक्षा, मनोरञ्जन, बृद्धि, विकास, सञ्चार एवम् निर्माणकार्यमा कम्प्युटर अभिन्न अङ्ग बनेको छ । काल्पनिकताबाट नाम र दाम कमाउनेहरूको दाँतमा ढुङ्गो लागेको छ ।

इतिहासलाई तर्साइरहने बुख्याँचाहरूले देशलाई माथि उक्लन दिएको छैन । अब पुरानो चर्किएको पर्खालको आडमा होइन, नयाँ पर्खालको चर खन्नु छ । अब एउटा बूढो युगलाई चिर निद्राको बिस्तरा चाहिएको छ । अर्को कलिलो युग जन्मिन चाहन्छ, हुर्कन चाहन्छ । अब त सिद्धान्तवाद तेल सकिएको दियोभैmँ धिपधिपाएको मात्र छ । जागरणको घडीमा अबको युगले दोबाटोमा प्रतीक्षा गरिरहेको छ ।

प्रायोगिक विज्ञानमा संस्कृति, परम्परा, पहिचानले जागृत हुन सक्ने भावात्मकता नेपाली जनजीवनको आवश्यकता हो । विकासका नाममा मानवता र भाइचारा मरेको तीतो सत्यलाई हामीले चिन्नुपर्छ ।सपना नराम्रो देख्दा खिन्न हुने, औँसीमा जन्मेको बालक मुल्याहा हुने ! तर, जन्मँदैमा बालकको के दोष ? मान्छेलाई मान्छेले छोएको पानी अचल हुने, अपुत्रो हुँदा अपहेलित बन्नुपर्ने, विधवा आईमाई वा रित्तो भाँडो बाटोमा देखिँदा काम नबन्ने, साइत पर्दैन भनिनु— भौतिक सोचका अपाच्य विषय हुन् ।

यो पनि सत्य हो, यी सबै सीमा गरिबका लागि रहेछन् । शङ्का र डर मिसाएर पापको बल्छी थाप्ने लालची अन्धविश्वासको पोको सावित अवश्य हो । अमेरिका, जापानजस्ता देशले यस्तै ढ्याङ्ग्रो बजाइरहेका भए अन्तरिक्षका कुरा कल्पनामै बिलाउने थिएन र ? मानसिक यातनाको सिकार बनाउने अतिवादी रुढी संस्कारले कस्तो ज्ञानको पुन्तुरो बोकेको छ ? त्यो त आजका वैज्ञानिक आविष्कारको आशातित प्रगतिले प्रस्ट पारेकोमा दुईमत नहोला । हिजो घोडालाई कोर्रा लगाउने दौँतरी युगको युरोपले रोबर्टलाई सामान लोड–अनलोड गराइरहँदा हामी आज पिपले डाँडाको उकालोमा तक्माले ढाकर अड्याएर पछिना पुछिरहेकै छौँ ।

युगतिर आँखा लगाउँदा परिवर्तनलाई प्रयोग गर्ने तर स्वीकार नगर्ने केही टाठा–बाठा र बुज्रुकव्यक्तिको स्वार्थ र मपाइँत्वले ढाकेको आध्यात्मिवादमा कल्पनाको भैंसी, कल्पनाको दूधबाट पाइने पोषण हुन्छ, त्यसले मानिसको पेट भर्दैन, बरु कुपोषणको सिकार बनाउँछ । आज धार्मिक आस्थामा पैसा बेच्ने अनि वैज्ञानिक सत्यमा आधारित ज्ञानलाई पैसामा जोखेर कमाइखाने भाँडो बनाइएका वीभत्सताले समाजलाई चाडबाड बोझिलो लाग्छ, गरिबले हरेक पर्वमा, पूजापाठमा खुट्टा कमाउन बाध्य बनाइएको छ ।

के गरिबले आस्थाको धर्मलाई पालना गर्ने अधिकार छैन र ! अर्कातिर घटनातिर आँखा लगाउँदा पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भनी वैज्ञानिक यथार्थता पस्किएका कोपर्निकसलाई अध्यात्मवादीले फाँसी दिइनु आपैmँमा बौद्धिकताको दुरुपयोग हो । असल मानिसले मानवको जीवन मूल्यलाई बुझेको हुन्छ । नियोजित रूपमा स्वार्थ घुसाएर सोझा मानिसको शोषण गर्ने उपल्ला भनिएका मानिसको गरिखाने भाँडो होइन— सनातन दर्शन । यो त शान्ति, ज्ञान र जीवन चिन्ने सफल मार्ग रहेछ ।

आत्माको सम्मान गर्ने भन्ने तर परमात्माका नाममा स्वार्थ जोडेर ढोंग गरिरहनु कतिको पाच्य होला ! गरिबलाई पूर्वजन्मको कर्मको खोल ओढाइन्छ । झुमा प्रथा, सती प्रथाजस्ता परम्परित प्रथाले, दाइजो प्रथाले मानवीय हिंसा र विभेदकारी निर्ममतालाई जन्माएको छ । आपूmलाई मीठो लागेर ईश्वरको नाममा मानिसहरू बलि चढाएर खान्छन्, अर्कातिर सबै प्राणीको आत्मामा ईश्वर छन् भन्छन् । अतः वैज्ञानिक आविष्कारसँग मानवताले बाटो पाओस् ।

धनीको घरअगाडि आँगनमा रोपेको सुन्तलाको बोटमा धेरै सुन्तला फल्ने अनि गरिबको कोठेबारीमा चार दाना मात्र फल्ने हुन्छ र ! भूकम्प, बाढीपहिरोबाट हुने प्राकृतिक क्षतिजस्ता कपोलकल्पित र अतिविश्वासवादी सोचका कारण लाखौँ मानिस भ्रमको संसारमा रुमल्लिएका छन् । अतः प्राविधिक दक्ष जनशक्ति तयार पारेर समुन्नत नेपाल निर्माण गर्न अनि जनताको जीवनलाई आर्थिक उन्नतिद्वारा कायापलट गराउन देश भौतिक विकासतर्पm लम्किनु अपरिहार्य छ ।
साभार ः https://archive.karobardaily.com

palinandan
टिप्पणिहरु
Loading...