Jilla Ban Notis

बर्दघाट पांच जीतपुरवस्ती जलमग्न, आर्थिक चलखेलका कारण स्थानियलाई सास्ती ।

1 57

कृष्ण चौधरी
बर्दघाट,असार–२७
नेपालको पश्चिमी भेगमा मनसुन अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाईरहदा नवपरासीको बर्दघाट नगरपालिका वडा नम्वर ५ बन्डाखोला क्ष्ँेत्रमा अहिले नै वस्ती जलमग्न भएको छ । केहि दिन देखि परेको पानीको निकास हुने स्थान नभएपछि अहिले यस क्षेत्रको वस्ती डुवानमा परेको छ । बण्डाखोलाको जितपुरक्षेत्रमा भएको डुवानका विषयमा स्थानिय नेता देखि नगरपालिका सम्म वस्तीको डुबानको समस्यालाई लिएर जादां अझैसम्म कुनैपनि सुनुवाई हुन सकेको छैन् ।
बढीपिडीत–बरुवा सडक खण्ड निमार्णका क्रममा भएको गम्भिर ट्रुटी र स्थानिय केहि ब्यक्तिहरुको लाहप्रवाहीका कारण उक्त डुवान भएको स्थानियवासीहरुको भनाई रहेको छ । अहिले डुवानका कारण स्थानियवासीहरुको घरभित्र पानी पस्नुका साथै धान खेती डुवेको छ ।
आज मात्र स्थानिय युवाहरुले जीतपुरको दुर्गा मन्दिरक्ष्ँेत्रवाट केहि पानीको कटान गरेर फाल्ने कोसिर गरेका छन्। अहिलेको अवस्थामा अरुपानी परेमा थप समस्या आउन सक्ने संभावना बढेर गएको छ । यता केहि ब्यीक्तहरुले वस्तीको डुवानक्षेत्रका रुपमा रहेको पानी खोल्नेक्रममा आर्थिक चलखेल गरीरहेको हल्ला समेत भएको छ । यतिहुदांपनि नगरपालिका सम्म पुगेको यो विषयले निकास भने अझै पाउन सकेको छैन ।

1 Comment
  1. Yubraj says

    its symbol of smart city . . . . . . We proud of our leader we will take action in next election

Reply To Yubraj
Cancel Reply

Your email address will not be published.