Jilla Ban Notis

बर्दघाट नगरमा कर सहभागिता अभियान २०७९ घोषणा

पदजाने डरले भन्दा पनि आफ्नो नैतिक्ताका आधारमा हुस्सुदण्ड तिर्छौं ः उप प्रमुख उपाध्याय

0 123

कृष्ण ढकाल
बर्दघाट,असोज–८

बर्दघाट नगरपालिकाले शुक्रवार देखि बर्दघाट नगरमा कर सहभागिता अभियान २०७९ घोषणा गरेको छ । नगरको सभा हलमा एक कार्यक्रमकको आयोजना गरी नगर प्रमुख शम्भुलाल श्रेष्ठले उक्त कर सहभागिता अभियान २०७९ घोषणा गर्नु भएको थियो ।

घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकालाई आन्तरिक राजश्व बाट सक्षम बनाउन हरेक नगरवासीले जिम्मेवारीका साथ राज्यलाई तिर्नु पर्ने कर समयमा नै तिर्न आग्रह गर्नु भएको थियो ।

त्यसैगरी नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले अब करको दायरा बढाउन बिभिन्न प्रकारका योजनाहरु अघिसारेको बताउदै नगरका सबै ब्यवसायिहरुलाई करको दायरामा ल्याउन ब्यवसायी कर उठाउने काम उद्योग वाणीज्य संघ मार्फत जाने र उठेको करको २० प्रतिशत ब्यापारीहरुकै लागि खर्च गर्ने गरी योजना ल्याउने तयारीमा रहेको बताउनु भएको थियो ।
त्यसैगरी घरवहाल कर टोल विकास संस्थामा मार्फत गर्ने र त्यसमा पनि उठेको करको २० प्रतिशत टोल विकासहरुकै लागि खर्च गर्ने गरी योजना ल्याउने तयारीमा रहेको बताउनु भएको थियो । उहांले अब हरेक वडालाई राजश्व संकलनको आधारमा वार्षीक बजेट बिनियोजन गर्ने समेत बताउनु भएको थियो ।

फरक प्रसंगमा उप प्रमुख उपाध्यायले आफुहरु निर्वाचन भएपछि निर्वाचन आयोगलाई दिनु पर्ने खर्च विवरण समयमा दिन नसक्नु आफुहरुको अपरिपक्कता भएको बताउनु भएको थियो । उहांले अब पद जाने डरले भन्दा पनि आफ्नो नैतिक्ताका आधारमा हुस्सु दण्ड स्वरुप तोकिएको जरीवाना दिने बताउनु भएको थियो । निर्वाचन आयोगलाई खर्च विवरण समयमा दिनु पर्छ भन्ने बिर्सनु नै हुस्सुपना भएको उहांको तर्फ रहेको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बर्दघाट नगरपालिकाले आफ्नो कुल गार्हस्थ्य उत्पादन अनुसार उठ्नुपर्ने राजस्व नउठेपछि नगरको विकासमा प्रभाव पार्ने भन्दै कर सहभागिता अभियान २०७९ घोषणा गरेको बताउनु भएको थियो । नगरवासीहरुलाई कसरी कर सहभागितामा जागरुक गराउन सकिन्छ भन्नेतर्फ अब सबै नगरवासी एकभएर लाग्नु पर्नेबेला आएको उहांको भनाई रहेको थियो ।
सरकारी खर्चप्रति जनप्रतिनिघि र निजामति कर्मचारीको सकारात्मक सोच हुने र नगरवासीहरुलाई कर सहभागिता वृद्धि गर्न सक्नेहो भने नगरको समृद्धि छिट्टैहुने उहांको तर्क रहेको थियो । अब नगरवासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने देखि लामो अवधि सम्म आमकरदादाहरूमा कर छली गर्नेविरुद्ध घृणाको भावना विकास गरी कर सहभागिता वृद्धि गर्न सबैले आजैवाट मैलेत कर तिरे तपाईले ? भन्ने जस्ता चर्चा परिचर्चा गर्ने र कार्यको शुरु गर्न आग्रह गर्नु भएको थियो । उहांले बर्दघाट नगरपालिकालाई आत्म निर्भर बनाउन हरेक नगरबासीले आफुले बुझाउनु पर्ने कर समयमै चुक्ता गरी आफु नगरको जिम्मेवार नागरिक बन्नुपर्ने समेत बताउनु भयो ।
जनप्रतिनिधि,कर्मचारी तथा पत्रकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सबैले कर सहभागिताका बिषयमा आ–आफ्ना भनाईहरु राखेका थिए भने नगरले लिने ब्यवसायिकर , घरबहाल कर र नक्सा पास जस्ता बिषयमा थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.