केही वर्ष अघि वरिष्ठ पत्रकार दीपक ज्ञवालीले लुम्बिनी वाङ्मय प्रतिष्ठानकाे मुखपत्र लाली गुराँसकाे एउटा अङ्कमा पर्यटन र साहित्य विशेषाङ्क सम्पादन तथा प्रकाशन गरे । त्याे स्मरण सुषुप्त बनिरहेकाे अवस्थामा फेरि पर्यटन प्रवर्धनकाे लागि साहित्य र कलाकाे भूमिका हुन्छ भन्ने विषयमा बर्दघाट नगरपालिकाले बहस चलायाे ।
त्यहाँ पनि कुलपति डा. घनश्याम न्याैपाने परिश्रमीले बर्दघाटका पर्यटकीय स्थलहरुकाे त्रीदिवसीय परिभ्रमण र कविता वाचन कार्यक्रम राखेर समृद्धिमा साहित्य र कलाकाे भूमिका हुन्छ भन्ने विषयमा बहस चलाए । वास्तवमा पूर्वाधार हार्डवेयर हाे भने साहित्य र कला त्यसलाई चिरस्थायी र सुन्दर बनाउने सफ्टवेयर हाे ।
साहित्य कलाकाे विकासले सँस्कृति निर्माण गर्छ र सभ्यताकाे सँरक्षण र सँवर्द्वन गर्छ ।डा. घनश्याम न्याैपाने परिश्रमीकाे जीवन कहानी अविरल बग्दछ इन्द्रावती बिम्बसँग मेल खान्छ । यही बग्दाे निरन्तरताले उनलाई अग्लाे व्यक्तित्वकाे रुपमा स्थापित गराएकाे छ । उनी मूलत: गजल विधामा राष्ट्रले गाैरव गर्ने व्यक्ति हुन् । उनकाे व्यक्तित्वले बर्दघाट नगरपालिकालाई चिनाएकाे छ। बर्दघाट नगरपालिकाले डा. घनश्याम न्याैपानेलाई कुलपति बनाएर निकै राम्राे काम ग-याे ।
सबै कुरा केन्द्रमै थुपार्ने स्थानीय तहमा शक्ति र सम्मान निक्षेपीकरण गर्न नचाहने केन्द्रीकृत मनाेविज्ञान भएकाे समाजमा स्थानीय तहमा कुलपति पद राख्दा कुलपति शब्दकाे घाेर अपमान गरियाे भन्दै काेकाेहाेलाे मच्याइयाे । याेग्यहरु काठमाण्डाै मात्रै बस्छन् अन्यत्र छैनन् भन्ने चिन्तनलाई बर्दघाटले अस्वीकार गर्दै प्रज्ञा प्रतिष्ठान खाेल्याे र कुलपति पद राखेर सम्मानकाे निक्षेपीकरणमा याेगदान ग-याे । वास्तवमा सम्मान स्थानीय तहले खाेस्नुपर्छ । बर्दघाटले खाेस्याे र याे विषयमा अड्डी खाेस्याे । अहिले कुलपति पद अरु स्थानीय तहतिर पनि सर्दैछ ।
स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान खाेल्ने र याेग्यहरुलाई कुलपतिकाे सम्मान दिने लहर चल्दैछ । अहिले केन्द्रकाे परिभाषा फेरिएकाे छ । केन्द्र एकै ठाउँ मात्र हुँदैन । शक्ति निक्षेपीकरण भएमा ७५३ स्थानीय र सात प्रादेशिक केन्द्रहरु जन्मन सक्दा रहेछन् ।
जहाँ सङ्गठित शक्तिकाे निर्माण हुन्छ त्यहाँ पनि केन्द्र जन्मिन सक्छ । याे बहुकेन्द्री अवधारणा हाे । साहित्यिक जागरणका दृष्टिले अहिले बर्दघाट केन्द्र भएकाे छ । त्याे विषयमा डा. घनश्याम न्याैपाने परिश्रमीकाे अहाेरात्र पसिना भिजेकाे छ ।
केन्द्र माथि हुँदैन । त्याे फ्ल्याट आकारमा हुन्छ । त्याे बिचमा हुन्छ । मानाैँ केन्द्रमा सूर्य हुन्छ, वरिपरि ग्रहहरु त्यसकाे परिक्रमा गर्छन् । अध्यक्ष पनि अधि+अक्ष मिलेर बनेकाे हुन्छ । विशेष अन्तरनिहित सामर्थ्यद्वारा आफ्नाे अक्षमा फन्फनी नचाउने सक्ने व्यक्ति अध्यक्ष हुन्छ । ब्रह्माण्डमा यस्ता कराेडाै साैर्य परिवारहरु छन् । विश्व ब्रह्माण्डकाे बनाेट नै समतलीय छ । सबै कुरा समानतामा आधारित छ । समानता प्रकृति प्रदत्त अधिकार हाे । यही नै समतलीय सिद्धान्त हाे । अब माथि र तल हैन, केन्द्र किनारा हाे । मानिसलाई माथि र तल ठानेर मान र अपमानकाे कर्द चलाउने सामन्ती प्रचलन हटाउनु पर्छ । हैसियतवादकाे वर्गीय सँस्कृति लादेर ठूला भनिएकाहरुले साना भनिएकाहरुसँग खाना खादा वा सभामा बस्दा पनि अलग खान्छन् अलग बस्छन् । याे सामन्ती चलन हाे । भर्टिकल (तलमाथि) चलनलाई हटाएर सबैले सम्मान पाउने समतलीय नव सँस्कृति चलाउनु पर्छ । अब हाम्रा जीवनशैलीहरु पनि समतलीय बनिरहेका छन् । लाेकतान्त्रिक प्रणाली र त्यसले निर्माण गर्ने सँस्कृति समतलीय हुन्छ । समतलीय चिन्तनबाट समाजवादमा पुग्न सकिन्छ ।
हिँज त्यहाँ पनि थाेरै जना जवाफदेही र जिम्मेवार सम्मुख भएर बसे । हामीसँग डा. श्यामप्रसाद न्याैपाने, हुमकान्त पाण्डे, देवी पन्थी, केशवराज आमाेदीलगायतका विद्वानहरु स्रष्टाहरुकाे साथमा परिसरमा बसे । यसले स्रष्टालाई हाैसला दिन्छ ।
कार्यक्रम एघार बजेदेखि शुरु भयाे । कुलपतिकाे साथमा सभासद विश्वप्रेम पाठक, प्रमुख सम्भुलाल श्रेष्ठ उपप्रमुख रुद्रप्रकाश उपाध्याय प्रशासकीय अधिकृत प्रकाश खनाल सम्मुख भएर बसे ।
सबै अतिथिले विषयवस्तु केन्द्रित छाेटा भाषणहरु दिए । अहिले भाषणमा सुधार आएकाे छ । सबैतिर छाेटाे सुक्तिमय, सङ्क्षेपीकृत सन्देशमूलक भाषण दिन थालिएकाे छ । सम्बाेधन छाेट्टिएकाे छ । सग्ला सग्ला अग्ला अग्लाहरुलाई मूल्यवान ठानेर चिउडाे तानी तानी नाम लिने र अरुलाई हैसियतविहीन बनाउने प्रचलन हट्दाे र घट्दाे छ ।
कार्यक्रममा नेपाली साहित्यमा राष्ट्रिय पहिचान बनाउन सफल १४ कृतिका स्रष्टा डा. श्यामप्रसाद न्याैपानेकाे अहाे ! गान्धारी ताङ्का शतक विमाेचन भयाे । त्यसपछि एक से एक साहित्यकारहरु तछाडमछाड गर्दै सँवेदनाका तरेलीहरुमा गला र कलाकाे प्रदर्शन गर्दै समय बिताए । कतै हास्यरस, कतै वीररस त कतै शृङ्गार रस पाेखियाे । त्यसै बिचमा अहाे ! गान्धारीकाे समीचिन समीक्षा डा. धनपति काेइरालाले गरे । यस्ताे गहकिलाे कार्यक्रम सञ्चालन शरद पाैडेलले गरे ।
अब कविता वाचन शुरु भयाे । कविता वाचनमा एल्जिला परियार,मनाेज देवकाेटा, आरती पाण्डे, बाबुराम गिरी, तुल्सीराम पाण्डे, विश्वजित गुप्ता ‘विशाल’ तिलक अन्जान, रामहरि अधिकारी, दुर्गा भुसाल, मदन ब. बिष्ट, ताेयनाथ चाैधरी, एकनाथ तिमिल्सिना, डा. हरि प्रसाद घिमिरे, यज्ञलाल सुवेदी, प्रेम भुजेल, उत्तमध्वज केसी, राजेन्द्र घाएल, केशवराज आमाेदी, हरि भट्टराई, सिर्जन लम्साल, श्यामजी अतिथि सेढाईं, राधा पाण्डे, उषा तिवारी, दया दर्लामी, शशि पन्थी, नरेश केसी, ऋषि आजादले कविता गीत र विचार प्रस्तुत गरे ।
अन्त्यतिर अतिथिहरुलाई पर्यटकीय स्थलहरुकाे तस्बीरसहितकाे मायाकाे चिनाे प्रदान गरियाे । सामरिक दृष्टिले कन्चनगढीजस्ताे ऐतिहासिक किल्ला, सँसारकाेट माता, माैलादेवी, वनदेवी, बुद्धमङ्गलताल, बाउन्नघाेला सिमसारकाे सँरक्षण र प्रवर्धन गर्ने काममा नगरपालिकाकाे राम्राे याेगदान देखियाे ।
अन्त्यमा विश्वप्रेम पाठकले शुभकामना सन्देश दिदै पर्यटनसँग साहित्य र कला जाेडेर समाजकाे विकास सम्भव छ भन्दै साहित्य कलाकाे महत्व बताए । समापन समाराेहमा प्रमुख सम्भुलाल श्रेष्ठले म बिदा दिन्न, फेरि भेटहाैँला भन्दै हामीलाई भावुक बनाए ।
हामी समापनपछि बिदा हुँदै चार बजेतिर युवा पत्रकार नरेश केसी साहित्यकार द्वय शशि पन्थी र यज्ञलाल सुवेदीसँग बुटवल फर्कियाैं ।
।