Jilla Ban Notis

७ जना मन्त्रीले सामूहिक राजीनामा दिए

0 65

पुष–५

ओली नेतृत्वको सरकारमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले सर्वभौम संसद विघटन गर्न सिफारिस गर्ने प्रस्तावका विपक्षमा रहेका मन्त्रीहरुले  पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन,कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसाल,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश कुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव तथा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।

Leave A Reply

Your email address will not be published.