Jilla Ban Notis

तिन वर्ष भैसक्दा पनि सदरमुकामको डेढ कि.मि सडक बनेन्

0 34

परासी, २१ मंसिर

तिन वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निर्माण भइरहेको फोर लेनको डेढ कि.मि. सडक अझै पूरा हुन सकेको छैन । परासी दरमुकामबुद्धचोक देखी निलो गेट सम्म जोडेन फोर लेन सडक तीन पुरा ढेड किमी हुदाँ सम्म पुरा हुन नसकेको हो । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको स्थानियबासी बताएका छन ।
जिल्ला सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ कि.मि.सडक फोर लेनको रुपमा विस्तार हुँदै छ ।

निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ । पीच निर्माणका लागि भन्दै ३ महिना अघिबाट सडक छेउमा गिट्टीहरु लथालिङ छाडिएको छ । सडक पेटी र छेउछाउमा हुने काम पनि अधुरै छ । त्यस्तै धुलोका कारण जनजीवन सास्ती बनेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो । सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाईज जेभी काठमाण्डौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ ।
डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई पनि जिम्मेवारी दिइएको छ । तर नगरपालिकाले वास्ता नगर्दा सदरमुकामको अवस्था बिजोग बनेको छ ।
२ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने शर्तमा २०७४ असार २९ गते कम्पनीले सडक निर्माणको सम्झौता गरेको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि ३ पटकसम्म म्याद थप गरिएको छ । पछिल्लो पटक कोरोना संक्रमणको कारण देखाउँदै २०७७ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिए । दुवै तर्फ सडकको चौडाई १ सय फिट (३०.५ मिटर) छ ।

जसमा नाली, फुटपात, डिभाईडर, हरियाली क्षेत्र, सोलार, कर्व स्टोन, टिक ड्रेनलगायतका संरचना निर्माण हुने छन् । त्यसैगरी कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्र्ेन निर्माण रहेका छन् । ति मध्ये अधिकांश काम अझै पूरा भएको छैन । पीच निर्माणमा प्रयोग हुने सामाग्री राख्नका लागि ठाउँ अभाव भएर ढिलाई भएको बताए । निर्माण अवधिको म्याद नथपिए २÷३ महिनामा पीच हुने उनले बताए । यस सम्बन्धमा रामग्राम नगरपालिका अनुगमन समिति संयोजक एंव उपप्रमुख रम्भा कुँवरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave A Reply

Your email address will not be published.