Jilla Ban Notis

२६ औ विश्व आदिवासी दिवस मनाउने आदिवासी जनजाति महासंघ नवलपरासीको निर्णय

0 32

अमृता सुनार

सुनवल,श्रावण १७

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीले २६ औ विश्व आदिवासी दिवस बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । आज सुनवल नगरपालिका वडा नम्बर ५ बौद्ध बिहार बन्कटिमा सम्पन्न सयुक्त बैठकले दिवसलाइ लक्षित गरी यहि साउन २३ गते सुनवल वडा नम्बर १२ नेचोर रीभर भिउ रेसोर्ट भुमहिमा पत्रकार सम्मेलन गर्ने , २४ गते सोहि ठाउमा बिहान ठिक ८ बजे जिल्ला भित्र रहेका सबै एकल जातिय सस्थाको उपस्थिमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी २६ औ बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासङ नगर समन्वय परिषद सुनवलको सह आयोजनामा महासङ्कको मातहतमा रहेका नगर समन्वय परिषद, गाउ पालिका समन्वय परिसदका पदाधिकारी र एकल जातिय संस्थाका पदाधिकारिको निश्चित उपस्थितिमा २५ गते सुनवल नगरपालिका वडा नम्बर १३ गणमहाबिर बौद्ध बिहारको सभाहल सुन्दरबस्तिमा बिहान ११ बजे प्रशिक्षणत्माक कार्यक्रमको आयोजना गरीने नेपाल आदिवासी जनजाति महासङ्ग जिल्ला समन्वय परिषद नवलपरासीका सचिब मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

बैठकमा महासङ्ग्का सल्लाहकार मोहन चौधरी, थारु कल्याणकारी सभा जिल्ला अध्यक्ष मुन्द्रीका चौधरी, तमु हिउला छोज धी जिल्ला अध्यक्ष पुरान गुरुङ्ग ,तामाङ्ग धेदुङ्ग जिल्ला अध्यक्ष आश बहादुर लामा , कुसहारी उत्थान संघ जिल्ला अध्यक्ष प्रमोद कुसहारी, नेपाल मगर युवा संघ केन्द्रीय सदस्य निर्मला शारु नगर , आदिवासी जनजाति महासङ्ग सुनवलका अध्यक्ष देब बहादुर गुरुङ्ग , जिल्ला समन्वय परिषदका पदाधिकारी, नगर परीसद सुनवलका सम्पुर्ण पदाधिकारीको उपस्थीती रहेको थियो । बैठकमा उपस्थित १५ जनाले आ आफ्नो धारणा राखेको महासङ्ग्का सचिब थापा मगरले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.