Jilla Ban Notis

१४ औँ खिचडी माघी महोत्सवको अवसरमा मनरीमा भलिबल प्रतियोगिताशुरु ।

0 16

कृष्ण ढकाल
बर्दघाट,पौष–२८
सरावलको मनरीमा श्रीराम युवा प्रतिष्ठानले आयोजना गरेको १४ औँ खिचडी माघी महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको सोमवार समुद्घाटन भएको छ । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले उक्त प्रतियोगिताको समुद्घाटन गर्नु भएको थियो । क्लवका अध्यक्ष संजय चौधरीको अध्यक्षता र गाँऊपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको भलिवल प्रतियोगिता समुद्घाटन कार्यक्रममा स्थानिय समाज सेवी सुशान्त घिमिरे,क्लवका सल्लाहकार संजय चौधरी,घन श्याम चौधरी, जनता माविका शिक्षक अभिभावक संघका अध्यक्ष सत्यनारायण चौधरी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा वोल्दै गाउँपालिका अध्यक्ष चौधरीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक तथा बाहय पर्यटकहरु भित्रयाउनका लागि १४ औ माघि( खिचडी) महोत्सव मतवपूण सावित हुने धारणा राख्नु भएको थियो । तयसैगरी उहौले माधी थारु समुदायको नयां कार्यको शुरुवाद गर्ने पर्व समेत रहेको धारणा राख्नु भएको थियो । पर्यटन बर्ष २०२० लक्षित गर्दै आयोजना गरीएको उक्त माघी महोत्षवमा संचालन भैरहेको भलिवल प्रतियोगितामा नवलपरासी रुपन्देही,कपिलवस्तु लगाएतका जिल्लाका १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सरावल गाउँपालिका वार्ड नं.–२ मनरीमा रहेको श्रीराम युवा प्रतिष्ठानले आयोजनामा गरेको महोत्षवमा सरावल गाउँपालिका, जिल्ला समन्वय समिति नवलपरासी र प्रदेश नं. ५सरकारको समेत आर्थिक सहयोग रहेको छ ।

Leave A Reply

Your email address will not be published.